वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
काठमाडौँ महानगरपालिका क्वाटर फाइनलमा, भोलिदेखि अन्तिम आठ खेल सुरु हुने
काठमाडौँ । उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिका क्वाटर फाइनलमा पुगेको छ । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल, झ्यालुन्टार खेल मैदानमा बुधबार भएको प्रतिस्पर्धामा ४-३ अन्तरमा
बुढानीलकण्ठ नगरपालिकालाई हराउँदै महानगरपालिका क्वाटर फाइनलमा पुगेको हो । खेलको ९० औँ मिनेटसम्म पनि कुनै टोलीबाट गोल नभएपछि पेनाल्टीबाट निर्णय गरिएको हो ।
खेलमा काठमाडौँका लागि सरोज तामाङ्, मनिष सेढाईँ, असिम गुरुङ् र एरिक विष्टले पेनाल्टीमा गोल गरेका थिए । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा महानगरपालिकाका खेलाडीले प्रतिस्पर्धामा छन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र खेलकुद विज्ञ नविन चित्रकारले गर्नुभएको छ ।
खेलमा काठमाडौँ महानगरपालिकासँगै गोदावरी बी, कीर्तिपुर, मध्यपुर थिमी, नागार्जुन, चन्द्रागिरी, महालक्ष्मी र दक्षिणकाली गरी ८ वटा टीम क्वाटर फाइनलमा पुगेका हुन् ।
वैशाख १५ गते सुरु भएको खेलमा उपत्यकाका १४ वटा स्थानीय तहबाट १५ वटा टीमले भाग लिएका छन् ।
प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।
उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।
वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।

तस्विर : अनुप मगर
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App