वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
बबरमहलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा केन्द्र स्थापना गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्रवर्धन गर्ने महानगरपालिकाको नीतिअनुरुप केन्द्र स्थापना गरिएको जानकारी दिँदै आरोग्य जीवन स्वर्णिम योजनाका फोकल पर्सन तथा वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले, चालु आर्थिक वर्षमा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवाका लागि निःशुल्क वितरण गर्न २३ प्रकारका आयुर्वेद औषधी तोकेको छ । यसमध्ये केन्द्रबाट २० प्रकारका औषधी वितरण गर्ने गरिएको छ । केन्द्रका वैद्य निरीक्षक मञ्जुश्री ठाकुर भन्नुहुन्छ, ‘साउन महिनाभरिमा ४२० जनाले निःशुल्क औषधी लिनुभयो ।’ उहाँका अनुसार सबैभन्दा धेरै ग्याष्ट्रिकका लागि औषधी माग हुने गरेको छ । यसपछि पिनास र बाथ रोगका विरामी धेरै आउनुहुन्छ ।
केन्द्रमा वैद्य निरीक्षक ठाकुरसँगै वरिष्ठ वैद्य पार्वती रावल कार्यरत हुनुहुन्छ । यहाँ आएर परामर्श गरेको, औषधी लिएको कुनै पनि शुल्क लाग्दैन । वैद्य रावल भन्नुहुन्छ, ‘आयुर्वेद पूर्वकर्म सेवा सञ्चालन गर्ने तयारीमा छौँ ।’
पूर्वकर्म, निःशुल्क औषधी वितरणसहित केन्द्रबाट आयुर्वेद चिकित्सकसहितको नियमित ओपिडी सेवा, अकुपङ्चर सेवा, योग परामर्शसहित आरोग्य जीवनसँग सम्बन्धित परामर्श र स्वास्थ्य प्रवर्धन सेवा वितरण गर्ने तयारी छ ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको निःशुल्क पहुँचलाई नेपालको संविधानको मौलिक हकमा सुनिश्चित गरिएको छ । यसमा आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा पनि पर्दछ । महानगरपालिकाले गुणस्तरीय निःशुल्क वैकल्पिक चिकित्साको प्रवर्धन गर्ने नीति लिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App