वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
काठमाडौं । नजिकिँदै गरेको काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्रा पर्व मनाउने सन्दर्भमा काठमाडौ महानगरपालिकाले पत्रकार भेटघाट सम्पन्न गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व भएको जानकारी दिइएको थियो ।
इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा नं .१७ का अध्यक्ष नवीन मानन्धरले यस बर्षको ईन्द्रजात्रामा विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिनु हुँदै यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत रहेको जानकारी दिनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा न ८ का वडा अध्यक्ष आशामान संगतले हरेक जात्राको आफनै महत्व रहेको चर्चा गर्नु भयो । उहाँले भन्नुभयो, ‘जात्राको आफ्नै महत्व छ, आफनै सौन्दर्यता छ तर जात्रा भनेको कुनै एउटा संस्थाको मात्रै नभएर सवैको साझा हो यो सिगाें देशको जात्रा हो ।’ त्यसैले जात्राका लागि सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यक रहने बताउनु भयो ।
कार्यक्रममा विगतका वर्षहरुको जात्रालाई स्मरण गर्दै पत्रकारहरुले जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाई, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, विभिन्न विभागका प्रमख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App