वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
चैत महिनाभित्र २८ स्वास्थ्य प्रवर्धन केन्द्रबाट फिजियोथेरापी सेवा सुरु हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रबाट प्रवाह गरिरहेको स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या वृद्धि हुँदै गएको छ । यस वर्षको वितेका ७ महिनामा ९३ हजार ४२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिसकिएको छ । यसमध्ये ४४ हजार ९६८ जनाले बहिरंग सेवा लिनुभएको हो । गएको आर्थिक वर्षभरिमा १ लाख १७ हजार ३६२ जनालाई स्वास्थ्य सेवा दिइएकोमा ४१ हजार ७०५ जनाले बहिरंग सेवा लिनुभएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा ९४ हजार २७१ जनाले स्वास्थ्य सेवा लिनुभएकोमा ३० हजार २२५ जनाले बहिरंग सेवा लिनुभएको थियो । यसरी वितेका ३ वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक बर्षमा महानगरपालिकाको स्वास्थ्य सेवाप्रति सेवाग्राहीहरुको आकर्षण बढ्दो क्रममा देखिन्छ ।
स्वास्थ्य प्रवर्धन केन्द्रहरुबाट उपचारात्मक, प्रवर्धनात्मक तथा प्रतिरोधात्मक, निदानात्मक र पुनस्र्थापनात्मक सेवा हुने गरेका छन् ।
उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् । यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रण, सुलभ फार्मेसी सेवा, महानगर एकीकृत एम्बुलेन्स सेवा सञ्चालित छन् ।
प्रवर्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, पोषण, स्वास्थ्य शिक्षा जनचेतना अभिवृद्धि, नसर्ने रोग नियन्त्रण सचेतना महाअभियान, सरुवा रोग नियन्त्रण सेवा, स्वास्थ्य प्रवर्धन सेवा, बैकल्पिक चिकित्सा सेवा छन् । यस्तै विद्यालय स्वास्थ्य शिक्षा, नसर्ने रोगको परीक्षण (स्क्रिनिङ्) कार्यक्रम, महामारी रोग नियन्त्रण तथा निवारण, स्वास्थ्य नीति निर्माण तथा पैरवी, सुरक्षित मातृत्व, योग अभ्यास तथा व्यवहार परिवर्तन अभ्यास, तथ्याङ्क संकलन, प्रशोधन र प्रतिवेदन निर्माण, अनुसन्धान, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन कार्यक्रम सञ्चालनमा छन् ।
निदानात्मक सेवामा प्रयोगशाला सेवा, रेडियोलोजी र ¥यापिड डाइग्नोस्टिक टेस्ट कार्यक्रम छन् । यस्तै पुनस्र्थापनात्मक सेवामा फिजियोथेरापी सेवा सुरु हुने चरणमा छ । विभागले चैत मसान्तभित्र २९ वटा प्रवर्धन केन्द्रहरुमा सेवा सञ्चालन गर्ने तयारी गरेको छ । वडा नं. ४, १५ र २४ मा पूर्वाधार तयारी भइरहेको छ । यी केन्द्रहरुमा आउँदो असार मसान्तभित्र सञ्चालन गर्ने तयारी छ ।
गएको ७ महिनामा सम्पन्न काम
३९ हजार २१३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिएको छ । विशेष पोलियो खोप कार्यक्रमअन्तर्गत ७६ हजार ९६२ जना बालबालिकालाई खोप दिइएको छ । अर्ध वार्षिक रुपमा ३९ हजार ९९८ जना बालबालिकालाई भिटामिन ए र ३५ हजार ३५० बालबालिकालाई जुकाको औषधि खुवाइएको छ । ६ स्थानबाट निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ । ४५ हजार व्यक्तिलाई विमा कार्यक्रममा आवद्ध गरिएको छ । २६ हजार १९ जनामा नसर्ने रोगको स्क्रिनिङ् गरिएको छ ।
महानगरबासीलाई निःशुल्क रक्त तथा रक्तजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रमअन्तर्गत ३ हजार ३२६ पिन्ट रगत संकलन भएको छ । ३३० जनाले निःशुल्क रक्त तत्व लिनुभएको छ । लक्षित वर्ग निःशुल्क उपचारका अन्तर्गत विपन्न, वेवारिसे, असहाय १४५ जनाले उपचार पाउनुभएको छ ।
स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. आगामी कार्यक्रमका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘वडा नं. २६ मा केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, वडा नं. ११ मा सुलभ फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवालाई पहुँचयुक्त बनाउन लक्ष्य पूरा गर्न विभागले काम गरिरहेको छ ।’
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यस वर्ष २४ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्वास्थ्य विमा प्रथम विन्दुबाट दिइएको सेवावापत करिव ८० लाख रुपैयाँको शोध भर्नाका लागि स्वास्थ्य बिमा बोर्डमा पठाइएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् सञ्चालन भइरहेको छ । श्रेष्ठका अनुसार अहिलेसम्ममा जाँच गरिएका २ हजार २ सय किशोरीमध्ये करिब २२० जनामा रक्तअल्पता देखिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App