वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर उपप्रमुख डंगोल स्वदेश फिर्ता
काठमाडौँ । ‘नेपाली युवाहरु विश्व बजारमा प्रतिस्पर्धी रहेको महसुस गरेँ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलको विशिष्ट कक्षमा प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘युवाहरुको क्षमतालाई पहिचान र उपयोग गर्न सके नेपालको उन्नतिमा ठूलो योगदान पुग्नेछ ।’ अमेरिकामा नेपाली डायस्पोरासँगको भेटघाट, संवादको प्रसङ्ग स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अन्तरराष्ट्रिय स्तरमा हासिल गरेका ज्ञान र सिपलाई स्थानीयकरण गर्ने बाटो अहिलेका लागि उपयुक्त हुन्छ ।’
विशिष्ट कक्षमा उहाँलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गर्नुभएको थियो । त्यस क्रममा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठी, उपप्रमुखको सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु पुग्नुभएको थियो ।
नेपाली युवा राजनीतिज्ञको प्रतिनिधित्व गर्दै असोज २ गते उहाँ प्रधानमन्त्री के. पि. शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलमा सहभागी भएर महासंघको ७९ औ महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नु भएको थियो ।
‘कसैलाई पनि पछाडि नछाडौँ, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य गरौँ’ं भन्ने नाराका साथ भदौ २७ गते महासभा सुरु भएको थियो । उच्चस्तरीय छलफल भने असोज ८ गते देखि सुरु भएका थिए । उपप्रमुखले समिट अफ द फ्युचरसहितका सत्रहरुमा भाग लिनुभएको थियो । सहभागी भएका सत्रका विषयमा जानकारी दिँदै उहाँले भन्नुभयो, ‘दिगो विकास लक्ष्यका सम्भावना, डिजिटल टेक्नोलोजी यसमा पनि कृतिम बौद्धिकता (एआइ) को उपयोग र दुरुपयोगका विषयमा सुक्ष्म छलफल भयो । कृतिम बौद्धिकताको उपयोगका विषयमा अहिले मार्ग निर्देश गर्न सकिएन भने भोलि संकट आउन सक्नेप्रति सचेत गराइएको छ ।’ उहाँले भन्नुभयो, ‘जलबायु परिवर्तनको विषय अर्को महत्वपूर्ण विषय हो । नेपालजस्ता उद्योग नभएका देशले जलबायुमा कुनै असर गरेका छैनन् । ठूला औद्योगिक देशबाट उत्सर्जित विकारले निम्तिएको विपत्ति नेपाल जस्ता मुलुकले व्यहोरेका छन् । यसको निराकरणका लागि समस्या सिर्जना गर्नेहरुले जैविक विविधता जोगाउन लगानी गर्नु पर्ने विषयले महत्व पाएको थियो ।’
सत्रहरुका बिचमा उहाँले, यूएन पक्ष एजेन्सीका अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै हावर्ड विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रियात्मक सम्बाद भएको थियो ।
सत्रहरुमा जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यसहित विश्वव्यापी रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पश्चातको मुल्यवृद्धि र गरिबी, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषयमा छलफल भएका थिए । छलफलमा भाग लिन विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु सहभागी हुनुभएको थियो ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App