वि.सं.: २०८३, भदौ २५ बिहीबार
इ.स.: 2026 September 10,THRUSDAY
वि.सं.: २०८३, भदौ २५ बिहीबार
सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने र पार्किङ् व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको हो
काठमाडौँ । काठमाडौँको सुन्धारामा पानी प्राकृतिक वहाव ल्याउने सम्भावना खोज्दै काठमाडौँ महानगरपालिकाले अहिले अध्ययन गरिरहेको छ । सुन्धारा वरिपरि ठुला संरचना तथा पूर्वाधार निर्माण भइसकेको वर्तमान सन्दर्भमा धारामा पानी ल्याउने र निकास खोल्ने कामका लागि अभियान कन्सल्टिङ्बाट परामर्श सेवा लिएर अध्ययन भइरहेको हो । २०८२ फागुन ८ गते बसेको मन्त्रीस्तरीय निर्णयबाट सुन्धारामा पानी ल्याउने, पानीको निकास खोल्ने र पार्किङ् व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको हो ।
जमिन सतहमा पानीको मात्रा अध्ययन गर्न टुँडिखेलको पश्चिम कुना, महाङकालको दक्षिणमा खनिएको इनारको निरीक्षण गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले पानीको स्रोत र निकास खोज्ने क्रममा अध्ययनका लागि आवश्यक समयबाहेक अन्य एक पल पनि खेर नफाल्न निर्देशन दिनुभयो । ‘सुन्धारामा पानी खसाल्नु छ । त्यसको निकास खोल्नु छ । हाम्रो अर्जुन दृष्टि त्यही हो । त्यो लक्ष्य पूरा गर्न कटिवद्ध भएर काम गर्नुहोला ।’ उहाँले परामर्शदातालाई निरन्तर काम गरिरहन र सम्पदा तथा पर्यटन विभागलाई निरन्तर निगरानी गरिरहन निर्देशन दिनुभयो ।
सुन्धारामा पानी ल्याउने विभिन्न अप्रोच हुन सक्छन् । तर, हाम्रो लक्ष्य भनेको प्राकृतिक रुपमा जल प्रवाह गराउनु हो । डंगोलले लक्ष्य स्पष्ट पार्नुभयो । उहाँले सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र इञ्जिनियरसहित अध्ययनको निरीक्षण गर्नुभएको हो ।
त्यस क्रममा जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले, इनारमा पानीको उपलब्धता अध्ययन गरेपछि यसपछिको प्रक्रियाका विषयमा भन्न सकिने बताउनुभयो ।
आज इनार खनिएको ठाउँभन्दा सुन्धारा १० फिट तल छ । आज खनिएको ठाउँको जमिन सतहमा १० फिटभन्दा माथिको पानी मात्र सुन्धारामा जान सक्छ । यसकारण इनार १० फिट गहिरो खनिएको छ । यसको गोलाइ साढे ३ फिट छ ।
इनार खन्ने क्रममा हरेक १ फिटमा पाइने र तह परिवर्तन भएको माटोको नमूना लिइएको छ । यो माटोको जाँचबाट पनि पानी उपलब्धताको विश्लेषण गर्न सकिने भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यले बताउनुभयो ।
सुन्धारामा वि. सं. ०४१ सालसम्म पानीको निकास थियो । जव सुन्धारा नजिकै (काठमाडौँ मल) वहुतले भवन बनाउन थालियो । यसको जग खन्ने क्रममा राखिएका फलामे पाताले पानी रोकियो । स्थानीय गौत्तम डंगोल भन्नुहुन्छ, ‘२०५६ सालतिर धारामा पानी ल्याउने प्रयास भयो । पानी पनि आयो । तर, निकास खोल्न नसकेपछि आइरहेको पानी पनि बन्द गर्नु परेको थियो । २०७२ को भूकम्पपछि धरहरा पुननिर्माण गर्ने क्रममा फेरि ठुलो संरचना बनाउँदा पहिलेको प्रणालीमा पनि आघात भयो ।’ डंगोलले, पानीको उपलब्धता र निकासको कथा सुनाउनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App