वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
इ.स.: 2025 November 4,TUESDAY
वि.सं.: २०८२, कात्तिक १८ मंगलबार
अक्टोवर २२-२४ सम्म थाइल्याण्डको वैङ्ककमा फोरम सञ्चालन हुने
काठमाडौँ । कार्तिक ६ देखि ८ गते (अक्टोबर २२-२४) थाइल्याण्डको वैङ्ककमा आयोजना हुने दोस्रो एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका रुपमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई निमन्त्रणा गरिएको छ । यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले उपप्रमुखको कार्यकक्षमा आएर ‘केयरिङ् सिटिज’ शीर्षकमा हुने संवाद र छलफल सत्रको प्यानलिष्टका रुपमा सहभागी हुन निमन्त्रणा दिनुभएको हो । प्यानल, लैङ्गिक उत्तरदायी सहरी योजनाका विषयमा केन्द्रीत हुनेछ ।
फोरममा केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणको सम्भावनालाई आगामी दिनमा कसरी हेर्न सकिन्छ? नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माण गरिनेछ । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान र छलफल हुनेछ । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषयहरुलाई फोरममा प्रस्तुतिकरणका रुपमा राखिनेछ । छलफल र संवाद गरिनेछ ।
कार्यक्रमको निमन्त्रणा ग्रहण गर्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले कार्यान्वयनमा ल्याएका एकल सेवा केन्द्रसँगैको स्तनपान कक्ष र लिङ्गका आधारमा हुने हिँसालाई तत्काल सम्बोधन गर्न गठन गरिएका वडा महिला सञ्जालका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले शासन प्रणालीमा महिला सहभागिताको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘प्रणालीले महिलाहरुलाई पदीय स्थानहरु सुनिश्चित गरेको छ । कतिपय ठाउँमा पदीय दायित्वलाई अर्थपूर्ण बनाउन र कुशलतापूर्वक सम्पन्न गर्न क्षमता विकासका कार्यक्रम चाहिएका छन् ।’ उहाँले पारिवारिक तथा सामाजिक अवस्थामा महिलाहरुको आर्थिक सशक्तिकरणको विषयलाई क्रमशः सम्बोधन गर्दै जानु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
भेटका क्रममा फर्नान्डेजले भन्नुभयो, ‘लिङ्गका आधारमा हुने असमानता घटाउन यहाँले प्रस्तुत गर्नु हुने दृष्टिकोण धेरैले प्रतिक्षा गर्नुभएको छ । प्रतिक्षा छ भन्ने कुरा म यसकारण पनि भन्न सक्छु कि, प्यानलिष्टका रुपमा तपाईँलाई नै बोलाउन धेरै ठाउँबाट अनुरोध आएको थियो ।’
एशिया प्यासिफिक क्षेत्रका महिलाहरू पुरुषहरूका तुलनामा बेतलबी केयर (हेरचाह) कार्यको असमान बोझमा छन् । महिलाहरु श्रम बजारमा कम आउनुको प्रमुख कारण उनीहरुमाथि भएको केयर (हेरचाह) सम्बन्धी जिम्मेवारी हो । यसकारण पनि श्रममा आउनेमध्ये पनि धेरै महिला या त कम ज्यालामा, या त सीमित श्रममा काम गरिरहेका छन् ।
सहरीकरण, परिवर्तनशील पारिवारिक संरचना, बसाइँसराइ जस्ता कारण बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह सेवाको माग बढ्ने क्रममा छ । एशिया प्यासिफिक क्षेत्रमा भएको यो अवस्थाबाट सम्मानजनक रोजगारीको अवसर सिर्जना हुन सक्छ । यस प्रकारको सेवाले व्यक्तिलाई उचित हेरचाह र परिवारको आवश्यकता पूरा हुन्छ ।
लैङ्गिक उत्तरदायी सहरी योजनाका कुरा गर्दा यस्तो अवस्थालाई पुनःपरिभाषित वा नयाँ आकारमा कल्पना गर्न फोरमले मद्दत गर्नेछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App