वि.सं.: २०८३, जेठ २८ बिहीबार
इ.स.: 2026 June 11,THRUSDAY
वि.सं.: २०८३, जेठ २८ बिहीबार
'४ दिनमा १६ जना विद्यालयका बस चालकमा मादक पदार्थ सेवन भेटियो' - ट्राफिक प्रहरी प्रमुख, काफ्ले
काठमाडौँ । ‘ट्राफिक व्यवस्थापनमा सहरको मुहार मात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँहरुमा कसरी व्यवस्थापन भइरहेका छन् । त्यो पनि हेरेर काम गरौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘कालोपत्रे सडकमा पार्किङ गरिएको छैन । यसले सहरको मुहार राम्रो देखाएको छ । यो राम्रो मुहार त्यति बेला चम्किलो हुन्छ, जुन बेला भित्री गल्ली र चोकहरु सवारी साधनको चाप व्यवस्थापन हुन्छ । सवारी चालकले ढुक्क भएर पार्किङ स्थल कुन हो भनेर चिन्न सक्छन् । र, उपयोग गर्न सक्छन् । एकातिरको चाप अर्कोतिर सर्दैन ।’
आज उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेसँग काठमाडौँको ट्राफिक व्यवस्थापनका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘पार्किङको सुविधा तथा विकल्प दिएर व्यवस्थापन गरौँ । ट्राफिक प्रहरी र महानगर प्रहरी बिच निकट सम्बन्ध राखेर दीर्घकालीन काम गरौँ । यसका लागि महानगरपालिकले ट्राफिक प्रहरीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछ ।’
‘काठमाडौँको पूर्वाधारसँग सवारी चालकहरुको मनोविज्ञान जोडिएको छ ।’ ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले भन्नुभयो, ‘सडकमा डोरी टाँगिएको छ भने, कोन राखिएको छ भने मात्र ट्राफिक नियमको पालना गर्ने, यस्ता पूर्वाधार नराखेका ठाउँमा जथाभावी गर्ने परिपाटी छ । पूर्वाधारसँग सम्बन्धित यो मनोविज्ञान सुधारमा काम गर्नु पर्नेछ ।’ चालकहरुको अनुशासनको कुरा गर्दै उहाँले भन्नुभयो, ‘गएको ४ दिनमा विद्यालयका गाडी चलाउने १६ जना चालकले विहानै मादक पदार्थ सेवन गरेको पाइयो । यो एउटा बिम्ब हो । हामीले सुधार गर्नु पर्ने धेरै ठाउँ छन् । यसमा महानगरपालिकाको सहयोगमा काम गर्छौँ ।’
उहाँले असार महिनाभरि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सडक सुरक्षा र नियम पालनामा जिम्मेवार हुन अनुरोध गर्ने र साउन महिनादेखि कडा कानुनी कारवाही गर्ने योजना बनाएको बताउनुभयो ।
छलफलका क्रममा सडकमा प्रविधियुक्त सीसीटिभी क्यामरा जडान गर्ने, जडान भएका क्यामरालाई निगरानी कक्षमा जोड्ने, सडक संरचना तथा अन्य भौतिक संरचना निर्माण गर्दा राखिने निर्माण सामग्रीको नियमन गर्ने, फोहर संकलन गर्दा आवागमनमा पर्ने समस्या कम गराउने, बर्खामा सडकमा हुन सक्ने डुवान न्यूनीकरण गर्ने, पार्किङको वैज्ञानिक व्यवस्थापन गर्ने लगायतका क्षेत्रको सुधारका लागि महानगरपालिका, महानगर प्रहरी बल र ट्राफिक प्रहरी कार्यालय बिचको सहकार्यका विषय छलफलका मुख्य विषय थिए ।
काठमाडौँको सहरी व्यवस्थापनका विषयमध्ये ट्राफिक व्यवस्थापन प्रमुखमध्येको एक हो । यो वहुुपक्षीय काम पनि हो । यसको सुधारबाट नागरिकले सरकारका काम सुन्न सक्छन् । महसुस गर्न सक्छन् । भेट्न सक्छन् । यो उद्देश्य प्राप्त गर्ने गरी काम गरौँ । छलफलको निष्कर्ष थियो ।
छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रहरी उपरीक्षक नरेशराज सुवेदीसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App