वि.सं.: २०८३, भदौ २६ शुक्रबार
इ.स.: 2026 September 11, FRIDAY
वि.सं.: २०८३, भदौ २६ शुक्रबार
महानगरपालिकाको सम्पर्कमा भएका १३२ जना विद्यार्थीहरुको विद्यालय शिक्षामा निरन्तरता हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौँमा रहेका १३२ जना बालबालिकालाई विद्यालय पठाउन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कूलमा अध्ययन गराउन थालेको हो ।
विद्यार्थीहरुलाई पुस्तक र दिवा खाजा उपलब्ध गराइएको छ ।
पहिलो दिन ५९ जना बालबालिका कक्षामा उपस्थित हुनुभयो । उहाँहरुको मनमा पुगेको गहिरो चोट कम गराउन, बालबालिकाका आवश्यकता र उपलब्धताका बारेमा थाहा पाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालयमा पुगेर बालबालिकासँग संवाद गर्नुभयो । उहाँले बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुसँग कुरा गर्दै, ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरुसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई विर्सन सघाउनु ।’ किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू ।’
विद्यार्थीहरुलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा विभागका अधिकारीहरु विद्यालय गएर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गर्नुभएको थियो ।
यसरी विद्यालय आउने विद्यार्थीमध्ये केहीका बुबा आमा दुवै हुनुहुन्न । केहीका बुबा वा आमामध्ये एकजना हुनुहुन्न । कसैका परिवार हुनुहुन्छ । तर, घर र बसोबास स्थल छैन ।
यसरी विद्यालय जाने विद्यार्थीहरुका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्था गरिदिएको छ । यस्तै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रय स्थलबाट विद्यालयसम्म ल्याउन पुर्याउन एलआरआइ स्कूलले सवारी साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशिल सुवेदीले जानकारी दिनुभयो ।
दोस्रो दिन ६१ जना विद्यार्थी विद्यालय आउनुभयो । विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्नुहुन्छ, ‘विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आउनुभएको हो । गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन । परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ । विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ ।’
सुवेदीका इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरु महानगरपालिकाको सम्पर्कमा हुनुहुन्छ । उहाँहरुमध्ये सबैभन्दा धेरै कक्षा १ मा अध्ययन गर्ने ४५ जना हुनुहुन्छ । इसीडी, नर्सरी र कक्षा १० मा अध्ययन गर्ने २-२ जना हुनुहुन्छ । नर्सरी, युकेजी र कक्षा १२ मा अध्ययरत १-१ जना हुनुहुन्छ ।
कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६-६ जना हुनुहुन्छ ।
कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी हुनुहुन्छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App