वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
महानगरपालिकाभित्र एक वडा एक नमूना उद्यम र गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले आज वडा नम्बर १९, २७ र २७ मा पुगेर सिप विकास तालिमको अनुगमन गर्नुभएको छ । एक वडा एक नमूना उद्यम कार्यक्रमअन्तर्गत यस वर्ष थप भएका ८ वटा वडामध्ये यी ३ वटा वडामा उहाँले अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सम्बन्धित वडाका अध्यक्ष, वडा सदस्यहरु, सामाजिक विकास विभागका प्रमुखसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
अनुगमनका क्रममा उपप्रमुख डंगोलले, तालिम लिइरहेका प्रशिक्षार्थीहरुमा व्यवसायिक आचरण खोज्नुभएको थियो । ‘तालिम सिकेपछि आय आर्जन बढ्न सकोस् । यसले घरायसी काममा सहयोग हुन सकोस् । सकेसम्म परिवार सञ्चालनमा सहयोग होस् । कमसे कम आफ्ना लागि आवश्यक पर्ने खर्च कसैसँग माग्नु नपरोस् । यसका लागि सिकेको सिपबाट आय आर्जन हुने उत्पादन गर्नुपर्छ ।’ डंगोलले भन्नुभयो, ‘तालिम सबै लिने, काम कुनै नगर्ने हो भने तालिम लिनुको अर्थ रहँदैन । यसकारण तालिमलाई आत्म निर्भरताका लागि उपयोग गर्न सक्नुहोस् ।’
‘सामान उत्पादन गर्न जानेपछि बजारीकरणको सिप आवश्यक पर्छ । यसका लागि पहिले तपाईँहरु बजारका लागि पर्याप्त सामान उत्पादन गर्न सक्ने हुनुपर्छ । सामान गुणस्तरीय हुनुपर्छ । यसपछि हामी बजारीकरणमा सहयोग गर्छौँ ।’
अनुगमनका क्रममा वडा नम्बर १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठले, तालिम लाभदायी भएको बताउनुभयो । यस्तै वडा नम्बर २५ का अध्यक्ष राजेश डंगोलले, मौलिकताको जगेर्ना गर्दै आयमूलक काम गर्न सकिने भएपछि प्रशिक्षार्थीहरुमा खुशी देखिएको धारणा राख्नुभयो ।
वडा नम्बर १९ मा नेवारी पोशाक बनाउने प्रशिक्षण चलिरहेको छ । यहाँ दौरा सुरुवाल, चौबन्दी चोलो, ब्लाउज, कुर्था सुरुवाल सिलाउने प्रशिक्षण भएको छ । यसमा १९ जना प्रशिक्षार्थीले तालिम लिइरहनुभएको छ । यस्तै वडा नम्बर २५ मा डम्बरकुमारी ढाकाका कपडा उत्पादन गर्ने सिप विकास तालिम चलिरहेको छ । यसमा चोलो, खास्टो, व्लाउज, कुर्था, मोबाइल राख्ने पर्स, बालबालिकाका ब्ल्याङ्केट तयार गरिरहनु भएको छ । यसमा २३ जना प्रशिक्षार्थीले तालिम लिइरहनुभएको छ ।
वडा नम्बर २७ मा माटोको मखुन्डो बनाउन तालिम चलिरहेको छ । प्रशिक्षार्थीहरु १९ जना हुनुहुन्छ । उहाँहरुले धरहरा, गणेश, कुमारी, वुद्धको मूर्ति बनाइरहनुभएको छ ।
एक वडा एक नमूना कार्यक्रमअन्तर्गत यस वर्ष थपिएका वडा नम्बर ११, १९, २०, २३, २५, २८, २८ र ३१ गरी ८ वटा वडामा सिप विकास तालिम चलिरहेको छ । यस्तै वडा नम्बर ३, ४ र २२ स्तरउन्नति सिप विकास तालिम सञ्चालन भइरहेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो । गएको वर्ष १५ वटा वडामा एक वडा एक उद्यम कार्यक्रम थालिएका थिए । यस वर्ष ८ वटा थपिएपछि २३ वटा वडामा कार्यक्रम सञ्चालन हुनेछ ।
यससँगै गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत पनि तालिम चलिरहेका छन् । कार्यक्रमका वरिष्ठ उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार वडा नम्बर १० मा कुकिङ्, हस्तकला र अचार बनाउने तालिम सम्पन्न भएको छ । वडा नम्बर १४ मा अल्लोको झोला र मकैको खोस्टाबाट सामान बनाउने स्तरउन्नति तालिम चलिरहेका छन् ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App