वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
प्रमुख शाहको १९ बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख डंगोलद्वारा २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको, नगरसभाकाे १७ औँ अधिवेसनको पहिलो बैठक सोमबार सभागृहमा सम्पन्न भएको छ । बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन तथा समीक्षा प्रस्तुत गरिनुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम र बजेटको प्रस्ताव पेश गरिएको छ ।
नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले चालु आवको प्रगति विवरण, मुख्य क्षेत्रगत उपलब्धिहरूको समीक्षा र आगामी वर्षको योजनागत प्राथमिकता तथा नीतिगत दिशा निर्धारण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रमुख शाहले आगामी आर्थिक वर्षका लागि १९ बुँदे प्रस्तावित नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख शाहले भन्नुभयो, “आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौँ महानगरपालिकालाई स्पष्ट दिशानिर्देश प्राप्त हुनेछ भन्ने अपेक्षा गरेको छु ।” उहाँका अनुसार काठमाडौँ महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
उक्त कार्यक्रममा चालु आवका अपूरा योजना र नीति कार्यान्वयनलाई निरन्तरता दिने, स्थानीय स्वायत्तता, सुशासन र सेवा प्रवाह सुधार्ने, ई-कोटेसन, सर्भिस रेटिङ सिस्टम जस्ता प्रविधिमैत्री उपाय लागू गर्ने योजना समेटिएको छ।
बाल अधिकार, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका लक्षित समूहको सामाजिक सुरक्षा र पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सुधार ल्याउने, जलवायु संकट समाधान, शून्य फोहोर सहर अभियान, स्मार्ट सिटी पूर्वाधार विकास र सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गर्नू भएको थियो ।
स्मार्ट सडक, ट्राफिक व्यवस्थापन, डिजिटल नक्सांकन, पव्लिक प्राएभेट पार्टनरसिप (पिपिपि) मोडल सुधार, आपतकालीन व्यवस्थापन, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, स्थानीय उत्पादन प्रवर्द्धन र सुरक्षित खाद्य आपूर्ति जस्ता कार्यक्रम मार्फत काठमाडौँलाई समावेशी, सुरक्षित र नवप्रवर्तनमुखी सहरको रूपमा विकास गर्ने लक्ष्य लिइएको प्रमुख शाहले नगरसभामा बताउनु भएको थियो ।
प्रमुखले पेस गर्नु भएकाे नितीका आधारमा उपप्रमुख सुनिता डंगोलले २०८२/८३ का लागि बजेट तथा कार्यक्रम आर्थिक तथा विनियोजन विधेयक प्रस्ताव नगरसभामा पेश गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षका लागि जम्मा रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटअनुसार रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र रु ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने अनुमान गरिएको छ ।
बजेट पेश गर्दै उपप्रमुख डंगोलले भन्नुभयो “अगामी वर्षका लागि संचित कोषमा जम्मा हुने २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँमा काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात समेत गरी २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । साथै नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँको अनुदान सुनिश्चित भएको छ ।”
गत आर्थिक वर्ष २०८१/८२ का लागि महानगरपालिकाले रु २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।
प्रस्तावित बजेटमा पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् रु १२ अर्ब ८० करोड ८३ लाख १४ हजार, सामाजिक विकासतर्फ २० प्रतिशत अर्थात् रु ५ अर्ब २ करोड २८ लाख ६८ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् रु ३ अर्ब १ करोड ३७ लाख २१ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १४ प्रतिशत अर्थात् रु ३ अर्ब ५१ करोड ६० लाख ८ हजार र आर्थिक विकासतर्फ ३ प्रतिशत अर्थात् रु ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।
नीति तथा कार्यक्रम र समीक्षा प्रतिवेदनमाथि छलफल गर्न असार ३२ गते दिउँसो २ बजे अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा नगरसभा सदस्यहरूले आफ्नो धारणा तथा संशोधन हाल्ने कार्यसूचीमा छ ।
कानुनअनुसार नीति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने व्यवस्था छ, त्यही प्रक्रिया अपनाइएको हो । नगरसभा बैठकमा नीति तथा कार्यक्रम, बजेट, विनियोजन ऐन र आर्थिक ऐनमाथि विस्तृत छलफल र निर्णय आगामी बैठकहरूमा गरिने छ ।
काठमाडौँ महानगरको नगरसभा १७ औँ अधिवेसन आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत प्रमुख शाहको १९ बुँदे नीति तथा...
Posted by काठमाडौँ महानगरपालिका-Kathmandu Metropolitan City Office on Sunday 13 July 2025
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App