Logo
  • वि.सं.: २०८३, जेठ ३१ आइतबार​

  • इ.स.: 2026 June 14,SUNDAY

  • वि.सं.: २०८३, जेठ ३१ आइतबार​

  • सेवाको सम्झना र सौहाद्रता अभिवृद्धि : विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान

    वडावासी र वडाको सम्बन्ध औपचारिक होइन, आत्मीय र संवेदनशील पनि

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रमले प्रथम पूर्व उपराष्ट्रपतिदेखि भुइँमा बसेर सेवा गर्नेहरुलाई एउटै मञ्चमा उभ्यायो । समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेशाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ । वडाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका ७० जना व्यक्तिहरुको व्यक्तित्वले यो बिम्बलाई उझ्यालो बनाएको थियो । 

    यो केवल एउटा औपचारिक कार्यक्रम मात्र थिएन । बरु, वडाले आफ्ना सामाजिक अगुवाहरुलाई ‘तपाईँहरुको योगदान हामीले सम्झना गरिरहेका छौँ’ भनेर दिएको आत्मीय सन्देश थियो । त्यस अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुद, कला-साहित्यदेखि उद्यम-व्यवसाय र धर्म-संस्कृतिसम्मका साधकहरूलाई माला र दोसल्लाले सम्मान गरिएको थियो । 

    व्यक्तित्व सम्मानमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले, सम्मानित व्यक्तित्वहरुले पेशा र क्षेत्रको विकासका लागि मात्र नभइ लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान गर्नुभएको चर्चा गर्नुभयो । आफले निर्वाचनमा प्रतिस्पर्धा गर्दा पाएको न्यानोपनाको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु पर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।’ त्यस अवसरमा प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा नागरिकको सुखको पनि र दुःखको पनि साथी रहेको धारणा व्यक्त गर्नुभयो । ‘वडाले सक्रिय जीवनपछि घरमा भएकालाई समेत सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ । यो वडाको बडप्पन हो ।’ झाले खुसी व्यक्त गर्नुभयो । 

    सबै पेशा र क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु आफ्नो वडामा हुनुलाई आफूले वैभवका रुपमा लिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘प्रतिशोध लिएर भन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माण गर्नु पर्नेछ । विशिष्ठ व्यक्तित्वहरुले समाजलाई यही बाटोमा हिँडाउन सहयोग गरिरहनुहुनेछ भन्ने लागेको छ ।’

    सम्मानमा वडा भित्रका उद्यम व्यवसायीहरू, संञ्चित वज्राचार्य, प्रशान्त मण्डल, ऐथेना राजभण्डारी, विकास वैद्य, सुधिर सिंह, सन्तमान संगत सम्मानित हुनुभयो । संस्कृति तथा सम्पदा विधामा विनिता मगौया, स्वास्थ्य क्षेत्रतर्फ डा. सञ्जय श्रेष्ठ, डा. शिटिश अधिकारी, डा. गोविन्द ढकाल, डा. प्रीति वैद्य,  डा. रोजन सिंह डंगोल, डा. रोशन डंगोल, प्रा. डा. मोडन प्रधान, डा. सोनीका धारी श्रेष्ठ, डा. हलिना वडाललाई सम्मान गरियो । 

    वडाका ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू संगत, राम प्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित हुनुभयो । राष्ट्रसेवक कर्मचारीहरू ज्ञानेन्द्रराज बैद्य, सुमन बैद्य, सानु डंगोल, नेत्र तिमल्सिना, जनकराज ढुंगाना, टंकमणि शर्मा, नवदत्त उपाध्यायलाई सम्मान प्रदान गरियो । खेलकुद विधामा कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ, सुरेन्द्र डंगोल रञ्जनमान श्रेष्ठलाई सम्मान गरिएको थियो । 

    त्यस्तै, धर्म संस्कृति विधामा संस्कृतिविद् मुकुन्द बैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा. केदारमान भण्डारी, बाजागुरूहरू समिर संगत, रामकृष्ण डंगोल, भाइराजा डंगोल, राजेश संगत, समाजसेवीहरू रामकुमार श्रेष्ठ र अनन्त प्रसाद भेटवाललाई सम्मान प्रदान गरियो । यस्तै शिक्षा क्षेत्रबाट हृदयमान श्रेष्ठ, वसन्त बहादुर श्रेष्ठ,  शिवानन्द संगत,  डा. चन्द्रमणि अधिकारी, डा. अभय यादव, सृजन राजभण्डारी, शशि कुमार रावत, डा. गीता श्रेष्ठ बैद्य, बालकृष्ण बैद्यलाई सम्मान गरिएको हो । 

    कला साहित्य विधातर्फ राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई,  सजल राजभण्डारी सम्मानित हुनुभयो । 

  • प्रकाशित मिति आइतबार​ ३१ जेठ २०८३ ०८:३९ AM