वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
काठमाडौँ । सन्तानलाई हस्तान्तरण गर्नु पर्ने मुख्य सम्पत्ति भनेको अहिलेसम्म मौलिक स्वरुपमा जोगिएको संस्कृति र सम्पदाको यथास्थिति हो । यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्छ ।’यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्छ ।’
महानगरपालिकाले युवा र बालबालिकाहरुलाई मौलिक सम्पदा र संस्कृतिका बारेमा अनुभूति गराउन तथा प्रवर्धनात्मक कार्यक्रम चलाउन सम्पदामा युवा र बालबालिका ‘सम्युवा’ कार्यक्रमका सञ्चालन गरेको छ । कार्यक्रममा आवद्ध स्वयमसेवकले अहिलेसम्म गरेका कामको समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक संगतले यस्तो धारणा राख्नुभएको हो ।
महानगरपालिकाले स्वयमसेवकका रुपमा काम गर्न माग गरेको आवेदनबाट ४३७ जनाले फाराम भर्नुभएको थियो । सर्टलिष्टमा २४७ जना छानिनुभयो । उहाँहरुमध्ये अन्तरर्वार्तामा १६५ जना उपस्थित हुनुभएको थियो । अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिनुभएको थियो । वावा कार्यक्रमका लागि छानिएका स्वयमसेवक विद्यालयको वातावरणीय क्षेत्रमा र सम्युवाका लागि छानिएका स्वयमसेवक सम्पदा क्षेत्रमा काम गरिरहनुभएको छ । कार्यक्रमका बारेमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिनुभयो ।
सम्युवामा आवद्ध स्वयमसेवकहरुलाई जात्रा पर्व सञ्चालनका समयमा खटाउने गरिएको छ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन र अभिलेखन गर्न लगाइएको छ । स्वयमसेवकले गरेका कामका विषयमा जानकारी दिँदै महाशाखा प्रमुख सृजुमैयाँ प्रधानले, समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर बस्तुका विषय, मौलिकता र सामाजिक व्यवस्थापनमा विषयमा काम भएको जानकारी दिनुभयो ।
कार्यक्रम सञ्चालनको साझेदार संस्कृति तथा पुरातत्व अध्ययन केन्द्र (कार्क) का अध्यक्ष सुदर्शन अर्यालले कार्यक्रमबाट युवाहरुमा संस्कृति र पुरातत्वको संरक्षणमा नेतृत्व विकास भएको धारणा राख्नुभयो ।
कामको अनुभव सुनाउँदै कार्यक्रममा स्वयमसेवककातर्फबाट धारणा राख्दै अमिका महर्जन र सुजन शाहीले, सम्पदाको गहिराइ र यसको सामाजिक सम्बन्ध बुझ्न, बुझेको ज्ञान अरुसँग बाँड्न सहयोग पुगेको बताउनुभयो । यो हाम्रा लागि वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो । उहाँहरुको भनाइ थियो ।
‘महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयमसेवकहरु सक्रिय रुपमा काम गरिरहेका थिए । भूकम्पले पुर्याएको क्षति व्यवस्थापनमा उनीहरु सक्रिय थिए । प्रतिकुल अवस्थामा स्वयमसेवकको व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम विस्तारै निष्क्रिय हुँदै गएको थियो । यही कार्यक्रमलाई अहिले सक्रिय बनाइएको हो ।

तस्विर : अमृत पाण्डे
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App
प्रतिक्रिया