वि.सं.: २०८३, असर २१ आइतबार
इ.स.: 2026 July 5,SUNDAY
वि.सं.: २०८३, असर २१ आइतबार
लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न घरदैलो अभियान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ । डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हो । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठी भन्नुहुन्छ, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ ।’
महानगरले भदौ १३ गते सबै वडा क्लिनिकका इञ्चार्जहरुलाई बोलाएर डेङ्गी रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । त्यसको भोलिपल्ट अर्थात् भदौ १४ गतेबाट जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रियात्मक प्रशिक्षण गरेर घरदैलो कार्यक्रम सञ्चालन भइरहेको छ । घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइन्छ ।
आजबाट प्रयोगशाला भएका वडाहरुमा ¥यापिड डाइग्नोस्टिक टेस्ट सुरु हँुदैछ । यसरी परीक्षण सुरु हुने ठाउँहरु रामघाट स्वास्थ्य केन्द्र, वडा १९, २६ र ३० का वडा क्लिनिक रहेका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App