वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
गल्ती भएकै हो, पहिले १५ हजार रुपैयाँ जरिवाना तिरिसकेको हो - प्रमुख कार्यकारी अधिकृत, तण्डुकार
काठमाडौँ । बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापवाही गरेका कारण १ लाख रुपैयाँ जरिवाना गरिएको छ । चौथो पटक अनुगमन गर्दा पनि अवस्थामा सुधार नभएको र सुधार गर्ने प्रयास पनि नभएको देखिएपछि जरिवाना तिराइएको हो ।
२०८० फागुन ११ गते पहिलो पटक अनुगमन भएको थियो । त्यस दिन नर्सिङ् स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षहरुमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ्ग संकेतसहितको बाल्टिनहरु फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो । अनुगमनबाट फर्किएपछि हानीकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरियो ।
चैत ६ गते महानगरपालिकाले स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा कमजोरी भएका अस्पतालका कर्मचारीका लागि तालिम कार्यक्रम आयोजना गरेको थियो । तालिममा बुद्धमाईबाट प्रमुख प्रशासकीय अधिकृत राजेश तण्डुकार आफैँ सहभागी हुनुभएको थियो ।
तालिम सञ्चालन भएको भोलिपल्ट अनुगमन टोली फेरि अस्पतालमा पुग्यो । अवस्था पहिलेकोभन्दा फरक थिएन । हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा थियो । हानीकारक फोहरका विषयमा गरिएको प्रश्नमा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तण्डुकारले, प्रदर्शनी मार्गको काठमाडौँ मोडेल अस्पतालसँग सम्झौता गरेर व्यवस्थापनका लागि त्यतै पठाउने गरेको बताउनुभयो । उहाँको कुराको तथ्य जाँच गर्न वातावरण निरीक्षक सृष्टि श्रेष्ठले मोडेल अस्पतालका नर्सिङ् प्रमुखलाई फोन सम्पर्क गर्दा सोध्दा यो सूचना गलत भएको प्रमाणित भयो । कुराकानीका क्रममा तण्डुकारले, कार्टुनमा प्याक गरेर निजी गाडीको डिकीमा राखेर हानीकारक फोहोर मोडेल लैजाने गरिएको बताउनुभएको थियो । अनुगमन टोलीले गलत सूचना प्रवाह नगर्न सचेत गरायो ।
२०८१ बैशाख १७ गते महानगरपालिकाबाट सामान्य फोहर संकलन गर्न गएको सवारी चालकले सामान्य फोहरमा संक्रमित फोहर देखेपछि फोहर संकलन रोकेर १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
अनुगमनका क्रममा गएको भदौ २२ गते अस्पतालमा तेस्रो पटक अनुगमन भयो । यसबेला भएभरको फोहर एकै ठाउँमा जम्मा गरिएको थियो । अटोक्लेभ मेसिन थिएन । फोहर निर्मलीकरण गर्ने र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन । यसो भएपछि अनुगमन टोलीले, हानीकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दियो र फर्कियो ।
तेस्रो मौकालाई अस्पतालले कसरी उपयोग गरेको छ, हेर्नका लागि आज टोली फेरि अस्पताल पुग्यो । अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली थियो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको अटोक्लेभ राखिएको थियो । अटोक्लेभभित्र निर्मलीकरणका लागि राखिएका बस्तुमा ताजा अवस्था रङ्गमाभन्दा कुनै परिवर्तन थिएन ।
यस अघि थुपारिएको फोहरका खोइ त? प्रश्नको जवाफमा तण्डुकारले अटोक्लेभमा निर्मलीकरण गरेर महानगरपालिकाको गाडीमा पठाएको बताउनुभयो । अनुगमन टोलीले राम्ररी निर्मलीकरण नभएको फोहर महानगरपालिकाले उठाउन नसक्ने जनाउँदै फोहर संकलन गर्ने सवारी साधनका चालकलाई बोलायो । चालक आएपछि तण्डुकारले बोली फेर्नुभयो । यो फोहर त कवाडीले लाने गरेको छ ।
ढाँटेको कुरा लुकाउन तण्डुकारलाई निकै कठिन भयो । टोलीले तण्डुकारलाई काठमाडौँ प्लाजास्थित वातावरण व्यवस्थापन विभागमा बोलाएर अस्पतालजन्य फोहर व्यवस्थापन नगर्दा हुने दण्ड जरिवानाका विषयमा भएको कानुनी व्यवस्था बुझायो । अवस्था सुधार देखिएन जरिवाना तोकिने भयो । अव के गर्नुहुन्छ? जवाफमा तण्डुकारले भन्नुभयो, ‘पहिले १५ हजार तिरेको हो । तोकेपछि तिर्नु पर्ने भो ।’
एको छ । यति भएपछि सुधार हुन्छ कि, अनुगमन टोलीले आशा गरेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App