वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
नाकामा अनुगमन टोलीलाई खसी व्यापारीको जवाफ : हचुवामा ल्यायौँ, हचुवामै बेच्छौँ
काठमाडौँ । दशैँका लागि काठमाडौँको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भन्नुभयो, ‘हचुवामा किनेर ल्यायौँ । हचुवामा बेच्छौँ ।’ उहाँले साथीहरुसहित धादिङ्लगायतका ठाउँबाट ५ सय खसीबोका बेच्न ल्याउनुभएको थियो । ती धेरै विक्री भइसकेका छन् । उहाँले २ वटा खसीको घाँटीमा बाँधिएका दाम्लोहरु हातमा समाएर ग्राहकलाई खसीको मूल्य सुनाउँदै हुनुहुन्थ्यो ।
लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ । ग्राहकको जवाफ आयो, ३० हजार दिउँला । पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काउनुभयो, ३२ हजार दाम त उहाँले दिइसक्नु भएको हो । मैले बेचिन । यसको अन्तिम दाम नै ३५ हजार हो ।
खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाएर किन्ने सुरमा हुनुहुन्थ्यो ।
यति गफ गर्दागर्दै अर्का एक जना ग्राहक आउनुभयो, उहाँले दाम कति हो खसीको भनेर सोधेको प्रश्नमा पाख्रेलले ३६ हजार रुपैयाँ भन्ने जवाफ फर्काउनुभयो । वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पाखरेल भन्दैहुनुहुन्थ्यो, ‘इच्छा भए लाने हो, जवर्जस्ती कसले गर्छ र?’
यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । त्यहाँ आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए । यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो । जवाफमा व्यापारीहरुले, एउटा दुईटा खसी बोका बेचेर दशैँ मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए । यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको छ । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा वोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएका थिए ।
महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमकाअनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसीबोकाका सिंङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गररिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिन्ह लगाइएको हो ।
कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस बर्ष त्यस क्षेत्रबाट विक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App