वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
काठमाडौँ महानगरपालिकाले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि हरेक वडामा एउटा नमूना उद्यम सञ्चालन गरेको छ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरुबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा विक्री सुरु गरेको छ । यसका लागि गएको भदौ ३० गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको रोहवरमा भएको सम्झौतामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र अस्पायर भेन्चरका कार्यकारी निर्देशक निरुसा
राजभण्डारीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौताबमोजिम असोज ४ गतेदेखि नमूना उद्यमबाट उत्पादित बस्तु तथा सामग्रीको विक्री तथा प्रवर्धनका स्टल राख्न सुरु भएको छ । सम्झौता १ वर्षका लागि हो । यस अवधिमा हरेक शुक्रबार र शनिवार स्टल राखिनेछ । स्टलका लागि स्थान निःशुल्क हो ।
शुक्रबार १७ वटा स्टल राखिएका थिए । उद्यम विकास सहजकर्ता देवकी घिमिरेका अनुसार १५ वटा वडाबाट छनोट भएका नमूना उद्यम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत वडा नं. ६ र १४ एक एक वटा समूह गरी १७ वटा समूहका स्टल छन् ।
भेन्चर्सका कार्यकारी निर्देशक निरुशा राजभण्डारी भन्नुहुन्छ, ‘हामीसँग २० वटा स्टल राख्न सक्ने क्षमता छ ।’ महिला उद्यमीको उत्पादन प्रवर्धन गर्न महानगरपालिकासँग सहकार्य गर्न पाएका छौँ । यसबाट महिलाहरुको आर्थिक उपार्जनमा सुधार हुने अपेक्षा गरेका छौँ । राजभण्डारीको अपेक्षा राख्नुभयो ।
महानगरपालिकाको वडा नं. १ र ३० को नमूना उद्यम गुन्द्रुक र मस्यौरा हो । यस्तै वडा नं. २ को मस्यौरा र तितौरा, वडा नं. ३ र ४ को फेल्टको सामान बनाउने, वडा नंं ५ को सेरामिक्सका सामान बनाउने, वडा नं. ७ को क्रिष्टल तथा पोतेको गहना बनाउने उद्यम नमूना उद्यमका रुपमा छानिएको छ ।
वडा नं. ८ को दुना टपरी र रुद्राक्षको ढक्की बनाउने, वडा नं. ९ को रुद्राक्षको माला र धुप बनाउने, वडा नं. १० को मस्यौरा र अचार बनाउने, वडा नं. १२ को सुकुल बनाउने, वडा नं. १६ को काष्ठकला, वडा नं. २१ को कटाँकी मूर्ति कुँद्ने, वडा नं. २२ को जुत्ता बनाउने, वडा नं. २४ को व्याग बनाउने र वडा नं. ३२ को अचार बनाउने उद्यमलाई नमूनाका रुपमा छानिएको छ ।
यीमध्ये वडा नं. ५ मा उद्यमका लागि प्रविधि हस्तान्तरण भएको छ । यो उद्याम विकासको अर्को चरण हो । वडामा माटाका भाँडा बनाउने उद्यमबाट सामानहरु उत्पादन हुन थालेपछि यसको प्रवर्धन र उत्पादन मात्रा बढाउन प्रविधि हस्तान्तरण गरिएको हो ।
सानासाना उद्यम विकास कार्यक्रमबाट उत्पादित स्वदेशी सामानले आयात गरिएका सामानलाई विस्थापन गर्दै लैजान, यस प्रक्रियामा महिलाहरुलाई सहभागी गराएर उनीहरुको आर्थिक उपार्जन वृद्धि गराउन ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रम थालिएको हो । उत्पादित सामानको विक्री र प्रवर्धनका लागि विक्री केन्द्र स्थापना गरेर बजारीकरण थालिएको हो ।
महानगरपालिकाले यसअघि पनि संख्यात्मक रुपमा धेरै तालिम सञ्चालन गरिसकेको छ । त्यसरी तालिम लिएकामध्ये थोरै मात्र उद्यमी भएका थिए । बाँकीले भेटेसम्म तालिम लिए तर सिपयुक्त हुने क्षमता विकास गरेनन् । विगतको त्यो गलत पद्धतिलाई रुपान्तरण गर्दै यसपटक भने आवश्यकताका आधारमा तालिम दिने र तालिम लिएकालाई उद्यमी बन्न प्रोत्साहन गर्ने कार्यक्रमलाई महत्व दिइएको छ ।
यसलाई विकास र विस्तार गर्दै ‘नेपाल उत्पादन मेला’ आयोजना गर्ने, त्यसभित्र पनि ‘काठमाडौँ उत्पादन’को छुट्टै स्थान बनाउने महानगरपालिकाको योजना छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App