वि.सं.: २०८३, असोज ५ सोमबार
इ.स.: 2026 September 21,MONDAY
वि.सं.: २०८३, असोज ५ सोमबार
येँयाः (इन्द्रजात्रा अवधिमा) माजु देगः अगाडि स्वच्छन्द भैरवको मूर्ति प्रदर्शन
काठमाडौँ । येँयाः (इन्द्रजात्रा) अवधिमा वसन्तपुरको माजु देगः अगाडि प्रदर्शनका लागि राखिने श्रीस्वच्छन्द भैरवको खट पुनःनिर्माण गरिँदैछ । खट जीर्ण भएको र प्रयोग गरिएका काठ मक्किएर कमजोर हुँदै गएपछि काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार संरक्षण कार्यक्रमबाट मौलिक र आकर्षक स्वरुपमा खट पुनःनिर्माण गराएको हो ।
लागत अनुमान तयार पार्दा २९ लाख ८३ हजार ५७ हजार रुपियाँ खर्च अनुमान गरिएको थियो । खटका डिजाइन आर्किटेक्ट अमित बज्राचार्य भन्नुहुन्छ, सार्वजनिक खरिद प्रक्रियाबाट २० लाख १६ हजार रुपियाँमा खटको पुनःनिर्माण गराइएको हो ।
यो खटमा स्वच्छन्द भैरवको मूर्ति राखेर इन्द्रजात्रा अवधिका ८ दिन झ्वाःवहालका बज्राचार्य गुरुजुहरुले माजु देगः अगाडि पूर्वतर्फ प्रदर्शन गर्ने परम्परा छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App