वि.सं.: २०८२, मंसिर १२ शुक्रबार
इ.स.: 2025 November 28, FRIDAY
वि.सं.: २०८२, मंसिर १२ शुक्रबार
काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गर्नुभएको योगदानको चर्चा गर्दै उहाँको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो ।
‘इतिहास स्मरण गरेर वर्तमान सम्हाल्ने र पुस्तालाई असल संस्कार पुस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।’ सभामा स्मृति मन्तव्य राख्दै महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाइ हो ।’
नेपाल भाषाको व्याकरणलाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीका वहुआयामिक व्यक्तित्वको कुरा गर्दै डंगोलले, नेपाल, नेपाली, अंग्रेजी, संस्कृतसहितका भाषाको अध्ययन गर्नुभएकाले शास्त्रीमा शिक्षामार्फत सचेतना वृद्धि गर्ने हुटहुटी रहेको उल्लेख गर्नुभयो ।
‘उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । कार्यक्रमलाई विद्यालय स्तरमा लैजाऔँ । एक दिन सहिद सम्झिएर पुग्दैन ।’ मन्तव्यका क्रममा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले धारणा राख्नुभयो ।
‘शास्त्रीले राजनीतिक आन्दोलन गर्नुभएको थिएन । तर उहाँलाई, नागरिक शिक्षित भए भने स्वतन्त्रताका बारेमा कुरा बुझेर राजनीतिक व्यवस्था बुझ्न सक्ने हुन्छन् भन्ने लागेको थियो । यसैका लागि उहाँले शैक्षिक, धार्मिक र सामाजिक क्रियाकलापमा आफूलाई समर्पण गर्नुभएको थियो ।’ कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले सहिदहरुको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो देखाउनुभयो ।
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ ।
महानगरपालिकाले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक बनाएर उहाँहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ ।
यस बर्षको माघ १६ गते शान्तिबाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित सहिद पार्कमा पुग्नेछ । त्यहाँ स्मृति सभा आयोजना हुनेछ ।
शास्त्रीको संक्षिप्त चिनारी
वि. सं. १९५० सालमा बनासर शास्त्रीको जन्म भएको हो । भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गर्नुभएका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रुपमा काम गर्नुभएको थियो । त्यस क्रममा उहाँले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीविच नागरिक अधिकारका बिषयमा संगठन गर्न थालिसक्नु भएको थियो । त्यसपछि नेपाल फर्कनु भएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो । यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गर्नुभएको थियो । यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
धार्मिक गतिबिधिबाट जहानियाँ शासनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरुलाई भेला गराएर गीताका श्लोकमार्फत व्यवस्थाको आलोचना गर्नुभएको थियो । राणाको बिरोध गरेको यही आरोप लगाएर उहाँलाई पक्राउ गरिएको थियो । १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । ४ जनालाई प्राणदण्ड दिइयो ।
जेल सजाय भोगिरहेकै बेला राणा शाशन विरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा झुण्ड््याएर प्राणदण्ड दिइएको थियो । प्राणदण्ड दिएको अरु जनताले पनि देखुन् र शासन व्यवस्थाका विरुद्धमा बोल्ने आँट नगरुन् भनेर २ दिनसम्म शास्त्रीको शव रुखको हाँगामा झुण्ड्याइएकै अवस्थामा राखिएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App