वि.सं.: २०८२, चैत ८ आइतबार
इ.स.: 2026 March 22,SUNDAY
वि.सं.: २०८२, चैत ८ आइतबार
उपचारात्मक सेवालाई गुणस्तरीयता र निरोगात्मक स्वास्थ्य सेवालाई सँगै अगाडि बढाउँदै स्वास्थ्य विभाग
काठमाडौँ । निरोगी रहन व्यक्तिहरु योगमा अभ्यस्त हुने गर्छन् । यो राम्रो अभ्यास हो । यसमा ध्यान दिनु पर्ने पक्ष चाहिँ रोग अनुसारका योग आसन र अभ्यास हुन्छन् । सबै खालका रोगलाई सबै खालका योग लाभदायक नहुन सक्छन् । यसकारण शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले योग शिविर सञ्चालन गरिरहेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको हो ।
कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने गरिएको छ । वैशाख १४ गते पहिलो शिविर वडा नम्बर १४ बाट थालिएको हो । दोस्रो शिविर वैशाख २१ गतेबाट वडा नम्बर १२ मा गरियो । वैशाख ३० गतेदेखि वडा नम्बर १५ मा कार्यक्रम आयोजना गरियो । जेठ ५ गते धरहरामा परिसरमा सुरु भएको शिविर आज सकिएको छ । यसपछि वडा नम्बर ३१ मा त्यसपछि वडा नम्बर २३ मा शिविर आयोजना गरिने कार्यक्रम रहेको छ ।
शिविरको अन्तिम दिन (पाँचौँ) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्तिवर्धक (रसायन) औषधि प्रदान गर्ने गरिएको वरिष्ठ वैद्य पार्वती रावलले जानकारी दिनुभयो । यसरी प्रदान गरिने औषधिहरुमा त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।
वैद्य निरीक्षक मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरुमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।
परीक्षणपछि डाक्टरहरुबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।
कार्यक्रमअन्तर्गत वडाहरुमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीहरुमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्धनलगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।
रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको हो । 



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App