वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
इ.स.: 2025 October 24, FRIDAY
वि.सं.: २०८२, कात्तिक ७ शुक्रबार
वडा स्तरीय सचेतना कार्यक्रम
काठमाडौँ । पानीजन्य रोगबाट बच्न वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिन महानगरपालिकाले आग्रह गरेको छ । बर्खा याममा खानेपानीसँग दुषित पानी मिसिन सक्ने सम्भावना छ । पानीकै कारण खानेकुरा दुषित हुने उत्तिकै सम्भावना छ । यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम भएकोले पिउने पानी र खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको हो ।
हैजा र यसले ल्याउन सक्ने जनस्वास्थ्य तथा वातावरणीय जोखिम घटाउन वडास्तरीय छलफल र तालिम सुरु भएका छन् । यस क्रममा वडा नं. ११ ले सामाजिक अगुवा, विद्यालयका शिक्षक शिक्षिका, टोल सुधार समिति तथा उपभोक्ता समिति, क्लवसहितका संस्थाबाट प्रतिनिधि बोलाएर हैजा नियन्त्रणका लागि तालिम सञ्चालन गरेको छ ।
जनस्वास्थ्य तथा वातावरण संस्था (इन्फो) सँगको सहकार्यमा सञ्चालन गरिएको तालिममा पानीका स्रोत दुषित हुने कारण, दुषित बस्तुसँग मानिसहरुका सम्बन्ध र स्वच्छताका विषयमा प्रस्तुतिकरण र छलफल गरिएको थियो । तालिममा वडाका कार्यवाहक अध्यक्ष दिपेश राउतले, गएको वर्षहरुमा व्यहोरेको समस्या यो वर्ष व्यहोर्नु नपरोस् भनेर तालिम आयोजा गरिएको बताउनुभयो ।
यस्तै वडा सदस्य सरोज मुल्मीले, आवश्यकताका आधारमा हैजाजन्य विपद व्यवस्थापनको तयारी गरिएको जानकारी दिनुभयो । यस्तै वडा सदस्य आशा श्रेष्ठ रौनियारले, शंका लागेको पानी जाँच गर्ने प्रणाली वडास्तरमा उपलब्ध गराउन प्रयास हुने बताउनुभयो ।
महानगरपालिकाका प्रयासलाई समुदायको सहभागिताले नतिजामुखी बनाउँछ, वडा सदस्य यशोमती परियारको भनाइ छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत नःली बज्राचार्यका अनुसार अहिलेसम्म हैजाका विरामी भेटिएको छैन । गएको बर्ष भने विभिन्न ठाउँमा विरामी भेटिएका थिए ।
हैजाका विषयमा बारम्बार आउने प्रश्नका बारेमा जानकारी दिँदै बज्राचार्य भन्नुहुन्छ, ‘पानी कसरी शुद्ध गर्ने?, ब्लिचिङ् पाउडरले पानी शुद्ध हुन्छ?, पानी शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन? पानी जाँच कहाँ गर्ने? हैजाका लक्षण के हुन्? प्राथमिक उपचार के गर्ने?, घरमै केही औषधि छ कि? भनेर प्रश्न आउँछन् ।’
यी सबै प्रश्नको एउटै सरल उत्तर भनेको, पानी तताएर शुद्धिकरण गर्नु हो । उहाँको जवाफ छ । लक्षण तथा उपचारका विषयमा जानकारी लिनु परे महानगरले सञ्चालन गरेको ११८० नम्बरमा फोन गरेर परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।
महानगरपालिकाले गर्ने प्रयत्नसँगै स्थानीयहरुले हैजा रोकथामका लागि सचेत हुन सके मात्र जोखिम न्युनीकरण हुन सक्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App