वि.सं.: २०८२, मंसिर २० शनिबार
इ.स.: 2025 December 6,SATURDAY
वि.सं.: २०८२, मंसिर २० शनिबार
समुदाय र विद्यालय स्तरमा आँखाको रोगका विषयमा सचेतना र उपचारका कार्यक्रम गर्दैछौँ — वडाध्यक्ष, महर्जन
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २२ को स्वास्थ्य प्रवर्धन केन्द्रले तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा २५४ जनाको परीक्षण गरिएको छ । यसमा मधुमेह र उच्च रक्तचापको समस्या भएका १३० जना विरामी हुनुहुन्थ्यो । उहाँहरुमध्ये १९ जनामा समस्या देखिएको छ । ९ जनाको भने थप उपचार गर्नु पर्नेछ ।
दीर्घ रोगका कारण आँखाको पर्दा तथा दृष्टिमा पर्ने असरको जाँच उपचारका लागि शिविर आयोजना गरिएको थियो । यस क्रममा मधुमेह, रक्तचाप जस्ता दीर्घ रोग भएका विरामीहरुको आँखाको नानीको जाँच गरिएको थियो । विहान १० बजेदेखि साँझ ६ बजेसम्म चलेको शिविरमा १ सयजनाभन्दा धेरैलाई निःशुल्क चस्मा प्रदान गरिएको थियो ।
शिविरका विषयमा जानकारी दिँदै वडाध्यक्ष एवं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भन्नुभयो, ‘हाम्रो समाजमा दृष्टि सम्बन्धित समस्यालाई उमेरसँगै आउने अवस्थाका रुपमा मात्र बुझ्ने गरिएको छ । रक्तचाप, मधुमेहजस्ता अरु रोगका कारण पनि दृष्टिमा समस्या आउँछ भन्ने चेतना कम छ । यसकारण हामीले वडाभित्रका समुदाय र विद्यालय स्तरमा आँखाको समस्या सम्बन्धी सचेतनात्मक र उपचारात्मक सेवा थालेका हौँ ।’ यसपछि विद्यालयमा जाने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App