वि.सं.: २०८२, कात्तिक ९ आइतबार
इ.स.: 2025 October 26,SUNDAY
वि.सं.: २०८२, कात्तिक ९ आइतबार
संक्रमित फोहरको मात्रा थोरै भएपनि हानीकारक र जोखिमयुक्त हुन्छ - महाशाखा प्रमुख राई
काठमाडौँ । नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ । महानगरपालिकाले आज गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएकोले फोहर उठाउन रोक लगाइएको हो ।
दुवै स्वास्थ्य संस्थामा रङ्ग संकेतअनुसार जोखिमपूर्ण फोहर राख्ने छुट्टै बिन राखिएको भेटिएन । एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइयो । यसरी बनाइएको पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइयो । स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेखियो । स्किन अस्पतालका कर्मचारीले खाना पकाउने कोठाको ढोकामै कपडा धुने मेसिन राखिएको छ । अनुगमन टोली पुग्दा मेसिनको छेउमा राखिएको राइस कुकरमा खाना पाकिरहेको थियो । यसैसँग जोडिएको अर्को कोठा अपरेसन थियटर हो ।
अनुगमनका क्रममा देखिएको अवस्थाका बारेमा वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राई भन्नुहुन्छ, ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको देखिएन । यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहर उठाउन रोक लगाइएको छ ।’
प्रयोगशालाका लागि संकलन भएका नमूना (रगत, दिशा, पिसाब) लाई प्रयोगपछि व्यवस्थापन गर्ने सोच नै देखिएन । वरिष्ठ इञ्जिनियर निशा कोइराला भन्नुहुन्छ, ‘स्वास्थ्य संस्था दर्ता गर्दा अनिवार्य पालना गर्नु पर्ने सर्त पनि पालना भएको छैन ।’
स्रोतमा वर्गीकरण नभएको फोहर खुला ठाउँमा पोकोमा राख्नु गम्भीर खालको त्रुटि हो । स्वास्थ्य संस्थाहरुले गर्ने यस्तो त्रुटिलाई सामान्य मान्न मिल्दैन । अनुगमनपछि वातावरण निरीक्षक सृष्टि श्रेष्ठको प्रतिक्रिया थियो ।
अनुगमनको आज दोस्रो दिन हो । हिजो गरिएको अनुगमनमा कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको फोहर उठाउन रोक लगाइएको छ । यसरी २ दिनमा ४ वटा अस्पतालको अनुगमन गर्दा ३ वटाबाट फोहर उठाउन रोक लगाउनु परेको अवस्था छ ।
गएको वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालहरुको फोहर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहर संकलनमा रोक लगाइएको थियो । यसरी रोक लगाइएका अस्पतालहरुलाई सुधारका मौका दिने गरिएको छ । सुधार गरेपछि फोहर उठाउन खुला गर्ने गरिएको छ ।
स्वास्थ्य संस्थाहरुले स्रोतमा फोहर वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु अधिकांशमा देखिने कमजोरी हुन् ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App