वि.सं.: २०८२, मंसिर २४ बुधबार
इ.स.: 2025 December 10,WEDNESDAY
वि.सं.: २०८२, मंसिर २४ बुधबार
कलेजो, मिर्गौला, पाठेघर, घाँटी, छातीलगायत अङ्गमा हुने रोगको एक्स -रे हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स – रे सेवा सुरु गर्ने भएको छ । स्वास्थ्य बिमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा सुरु गर्न लागेको हो । प्रारम्भमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र विहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रवर्धन केन्द्रमा भिडियो एक्स रे गरिनेछ । स्वास्थ्य विमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स रे मेसिन राखिएको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना छ ।
महानगरपालिकाले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नंं २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रवर्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । यीमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा छन् ।
नसर्ने रोग पहिचान गर्न जाँच
स्वास्थ्य विभागले नसर्ने खालका रोगको पहिचानका लागि मधुमेह, उच्च रक्तचाप र दीर्घ मिर्गौला रोगको जाँच सुरु गरेको छ । मंगलबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले एकल सेवा केन्द्रमा रक्तचाप जाँच गरेर कार्यक्रम थालनी गर्नुभएको हो ।
स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. का अनुसार निदानात्मक स्वास्थ्य सेवाको प्रवर्धनका ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने महानगरपालिकाको योजना छ ।
विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने विशेष महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गएको वैशाख महिनामा दृष्टि(आँखा तथा वातावरण), ज्येष्ठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कार्तिकमा स्वस्थ्यकर खानापान तथा आरोथ्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भएका छन् ।
मंसिरमा मिर्गौला तथा अन्य जटिल दीर्घ रोग, पुसमा श्वाशप्रश्वास तथा अन्य जटिल दीर्घ रोग, माघमा पादक पदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।
जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठकाअनुसार आर्थिक वर्ष २०७९/०८० को संघीय स्वास्थ्य विभागको प्रतिवेदनले, ७१ प्रतिशत मृत्यृ दरको कारण नसर्ने रोग हो भनेर देखाएको छ । यसमा क्यान्सर, मिर्गौला सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप मुख्य समस्या हुन् ।
व्यक्तिले नसर्ने रोगको उपचारका लागि ३७ प्रतिशत (आउट अफ पकेट एक्पेन्डिचर-ओओपि) खर्च गरिरहेको छ । समयमा रोगका विषयमा जानकारी प्राप्त गर्न सकियो भने यो खर्च घटाउन सकिन्छ । रोगले समस्या सिर्जना गरे उपचारमा जानु पर्यो भने सुरुमै धेरै खर्च लाग्छ । त्यसपछि पनि औषधिमा नियमित खर्च गर्नुपर्छ । व्यक्ति र परिवारको उत्पादनशीलता घट्छ । यसकारण नसर्ने रोगले सिर्जना गर्ने खर्च घटाउन निदानात्मक र प्रवर्धनात्मक कार्यक्रम आवश्यक छ ।
जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य बिमा
स्वास्थ्य विभागले मंसिर मसान्तभित्र महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको बिमा दर्ता गरिसक्ने योजना बनाएको छ । त्यसका लागि दर्ता सहयोगीलाई अभिमुखीकरण प्रदान गरेको छ ।
मंसिरमा दर्ता सकिएपछि फागुनबाट कार्यक्रम कार्यान्वयनमा आउनेछ । महानगरपालिकाभित्र अहिले १ लाख परिवार दर्ता हुनुभएको छ । यसमा करिव ४ लाख व्यक्ति समेटिनुहुन्छ । विमा कार्यक्रम सुरु भएका वडामा विरामीको चाप बढ्दै गएको छ ।
महानगरपालिकाले २०८० पुसमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य बिमा बोर्डसँग समझदारी पत्रमा हस्ताक्षर गरेर कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App