Logo
  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • इ.स.: 2026 September 19,SATURDAY

  • वि.सं.: २०८३, असोज ३ शनिबार

  • सांस्कृतिक पहिचान प्रवर्धनमा योगदानको कदर गर्दै दबूबाट उपप्रमुख डंगोल सम्मानित 

    पदीय जिम्मेवारीमा नरहँदाबाट थालेको सांस्कृतिक पहिचान प्रवर्धनको कामलाई पदमा रहँदा पनि निरन्तरता दिएकी छु - उपप्रमुख डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई नेवाः देयु दबूले सम्मान गरेको छ । लिपिको प्रवर्धनबाट नेवार समुदाय र समुदायसँग जोडिएका सांस्कृतिक पहिचानको विकास, विस्तारमा योगदान दिएको, विश्व युवा नेताका रुपमा घोषित भएपछि नेपालकै इज्जत बढेको जनाउँदै शुक्रबास राजधानीमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । 

    सम्मान प्राप्त गरिसकेपछि उपप्रमुख डंगोलले, आफू पदीय जिम्मेवारीमा नरहँदादेखि नै लिपि प्रयोगलाई विकसित गराएर सांस्कृतिक पहिचान प्रवर्धनको काममा सक्रिय रहेको बताउनुभयो । ‘पदीय जिम्मेवारीमा रहँदा काठमाडौँको प्रतिष्ठालाई सांस्कृतिक सहरका रुपमा सम्बर्धन गर्दै, यसैमार्फत समृद्धि प्राप्त गर्ने दिशामा इमान्दारपूर्वक काम गरिरहनेछु । काठमाडौँलाई पूर्खाले दिएको नासो जोगाउँदै समावेशी सांस्कृतिक सहरका रुपमा विकसित गर्ने काममा आफ्नो सक्रियता कम हुन दिन्न ।’

    कार्यक्रममा भाषाविद मल्ल के. सुन्दर, दवूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले, काठमार्डौँ महानगरपालिकाको पहिचानसँग नेवार समुदायको साइनो केलाउँदै नेवार सभ्यताले काठमाडौँको सांस्कृतिक पहिचान जोगाएको धारणा राख्नुभयो । उपप्रमुख डंगोलको योगदानबाट वहुआयामिक सांस्कृतिक पहिचानको संरक्षण, सम्बर्धन र प्रवर्धनमा टेवा पुगेको उहाँहरुको भनाइ थियो । 
     


     

  • प्रकाशित मिति शनिबार १४ असर २०८२ ०१:४१ PM