Logo
  • वि.सं.: २०८२, वैशाख ७ आइतबार​

  • इ.स.: 2025 April 20,SUNDAY

  • वि.सं.: २०८२, वैशाख ७ आइतबार​

  • विपद व्यवस्थापन तथा सुरक्षा प्रदर्शनी सम्पन्न 

    विपद व्यवस्थापन तथा सुरक्षा प्रदर्शनी सम्पन्न 

    काठमाडौं । विपद सुरक्षा र व्यवस्थापन सम्बन्धी प्रदर्शनी आज सकिएको छ । २५ औँ भूकम्प सुरक्षा दिवसका कार्यक्रम अन्तर्गत काठमाडौँको कमलपोखरी क्षेत्र प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा काठमाडौँ महानगरपालिकाले आगलागी नियन्त्रण, सडक दुर्घटना व्यवस्थापन तथा विपद व्यवस्थापनका लागि प्रयोग गरिने साधन उपकरण तथा प्रविधि प्रदर्शनीमा राखेको थियो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले भत्किएका संरचनाभित्र पुरिएका मानिसहरुको पहिचान, खोजी तथा उद्धार गर्दा प्रयोग गरिने सामान प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल रेडक्रस सोसाइटी, विपद न्युनीकरण तथा क्षति व्यवस्थापनमा काम गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाले भाग लिएका थिए । 
      
    प्रदर्शनी माघ २ र ३ गते गरी २ दिन गर्ने तयारी थियो । माघ १ गते पोखरामा भएको जहाज दुर्घटना भएर सबै यात्रुको ज्यान गएपछि २ गतेका दिनलाई सरकारले शोक विदा दिएका कारण उक्त दिन कुनै पनि औपचारिक कार्यक्रम गरिएनन् । प्रर्व निर्धारित कार्यक्रममध्ये आजको प्रदर्शनी नियमित भएको हो । 

    महानगरकी उपप्रमुख सुनिता डंगोल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले प्रदर्शनी अवलोकन गरेर जानकारी लिनुभएको थियो । त्यस्तै काठमाडौँ बारुण यन्त्र कार्यालयले अग्ला भवनको आगलागी नियन्त्रण गर्ने विधि प्रदर्शन गरेको थियो ।

    समापन अवसरमा बोल्दै उपप्रमुख डंगोलले, समुदाय र विद्यालयमा जोखिम पूर्व तयारीका सूचना लैजानु पर्ने बताउनुभयो । ‘विद्यालयका विद्यार्थी र समुदाय हाम्रा लक्षित बर्ग हुनुपर्छ । विपद क्षति व्यवस्थापन पूर्व तयारीका कुरा उहाँहरुलाई सुनाउनुपर्छ ।’ उपप्रमुखले थप्दै भन्नुभयो, ‘उत्थानशील सहर निर्माणका लागि प्राविधिक क्षेत्रसँग मिलेर काम गर्न हामी सधैँ तयार छौँ ।’

    काठमाडौँको जोखिम नक्साङ्कन गर्न हामीले सबै पालिकासँग संयुक्त प्रयास थालेका छौँ । कार्यक्रममा प्राधिकरणका कार्यकारी अधिकृत पोखरलले भन्नुभयो, ‘विपद प्रतिकार्यका लागि संयुक्त प्रयास अहिलेको आवश्यकता हो ।’ त्यस क्रममा महानगरको विपद व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापाले भन्नुभयो, ‘प्रतिकुल परिस्थितिका बावजुद पनि सचेतनामुलक कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौँ ।’

    भूकम्पीय क्षति व्यवस्थापनका लागि व्यक्ति र समुदायले धेरै कुरा जानेका छन् । सरोकारवालासँग पनि अनुभव धेरै भइसकेको छ । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले, अहिले प्राप्त भएको अनुभवलाई क्षमतामा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । एनसेट मूल समितिको सदस्य सचिव हो । 

    समापन अवसरमा अग्नि नियन्त्रणमा उल्लेखनीय योगदान दिने दमकल चालक÷पम्प अपरेटर राजेन्द्र बहादुर श्रेष्ठ, शसस्त्र प्रहरी जवान रुपेन्द्र पाण्डे, नगर प्रहरी नायव निरीक्षक (फायर कमाण्डर) पर्शुराम शाहीलाई जनही १५ हजार रुपैयाँसहित सम्मान गरियो । यसै गरी प्रदर्शनीमा सहभागी हुनेहरुलाई प्रशंशा पत्र प्रदान गरियो । 

    यसै अवसर पारेर वातावरण तथा जनस्वास्थ्य संस्था, दिगो विकास इन्स्टिच्युटलगायत संघ संस्थासँग सहकार्य गरेर महानगरले वायु प्रदुषण नियन्त्रण, फोहोर मैला व्यवस्थापन, सहरी वातावरण सुधारको सन्देश दिने नृत्य प्रस्तुत गरेको थियो । 

    यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय भएको छ । गएको बर्ष यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछन् । ०७७ सालमा ‘बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ ०७८ सालमा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारा थियो ।  

    १९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिवद्धता जोडिएको छ । त्यस बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो । 

     

  • प्रकाशित मिति मंगलबार ४ माघ २०७९ ०९:२८ PM