वि.सं.: २०८२, माघ ८ बिहीबार
इ.स.: 2026 January 22,THRUSDAY
वि.सं.: २०८२, माघ ८ बिहीबार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४५ वर्ष माथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।
महानगरले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाश पश्चात पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो।
‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले भन्नुभएको छ, “तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस्— सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ।”
कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न सकिने जनाइएको छ।
महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो। कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिङ्कमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आवेदनका लागि योग्यता:
क) नेपाली नागरिक/गैर आवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक,
ख) ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको,
ग) कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको,
घ) एक वर्षको अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार रहेको,
ङ) शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको,
च) पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको,
छ) समितिले तोकेको महानगरपालिकाभित्रका क्षेत्रमा गई काम गर्न तयार रहेको,
ज) आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहेको,
झ) कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको,
ञ) प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको,
ट) समितिले तोकेका अन्य योग्यता पूरा भएको।
महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोला- ९८४८०१८२१५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
फाराम भर्नका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।
https://datacollection.kathmandu.gov.np:8085/#/public/kmc/4144/01
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App