वि.सं.: २०८३, वैशाख ३१ बिहीबार
इ.स.: 2026 May 14,THRUSDAY
वि.सं.: २०८३, वैशाख ३१ बिहीबार
तालिम प्रदान गर्न गएको चैत ५ गते काठमाडौँ महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता
काठमाडौँ । हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित आजदेखि काठमाडौँ महानगरपालिकाले तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आज वडा नं. १ नक्साल र वडा नं. १२ टेकुमा तालिम थालिएको हो । वडा नं. १२ का १० जना महिला र १५ जना पुरुष हुनुहुन्छ भने वडा नं. १ मा ६ जना पुरुष बाँकी महिला प्रशिक्षार्थी हुनुहुन्छ । यसप्रकारको तालिम सञ्चालन गर्न चैत ५ गते महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता गरेको थियो ।
‘प्राथमिक उपचार तालिममा दक्षता प्राप्त गर्नु जीवन बनाउने ठुलो योग्यता प्राप्त गर्नु हो । यसकारण तालिमका लागि चाहिने समय दिनुहोला ।’ तालिम प्रारम्भ अवसरमा वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक वालकृष्ण महर्जन र वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले साझा धारणा राख्दै भन्नुभयो, ‘तपाईँहरुले सिकेको सिप आपतकाल व्यवस्थापन गर्न प्रयोगमा आउनेछ । अकालमा ज्यान जानबाट बचाउन काम लाग्नेछ ।’
यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्रले नेपाल सहित १९२ देशमा मान्य हुनेछ । रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले भन्नुभयो, दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने तालिमको उद्देश्य हो ।
दुर्घटना, चोटपटक, अचानक विरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पु¥याउनु अघि अवस्था थप विग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन थालिएको बताउनुभयो ।
सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपियाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ ।
तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App