वि.सं.: २०८३, साउन १३ बुधबार
इ.स.: 2026 July 29,WEDNESDAY
वि.सं.: २०८३, साउन १३ बुधबार
चौडाइ १२.८५ मिटर र जमिन सतहदेखि छानोमुनिसम्म ४ दशमलव २४ मिटर उचाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २७ ले वीर अस्पतालबाट महावौद्धतर्फ अस्पताल मार्गमा परम्परागत प्रवेश द्वार निर्माण गरेको छ । नवनिर्मित द्वारको आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नवनिर्मित द्वारको समुदघाटन गर्नुभयो । त्यस अवसरमा महानगरपालिकाका पूर्व उपप्रमुख एवं प्रदेश सरकारका पूर्व मन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष योगेशकुमार खड्गीसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
उद्घाटन पछिको संक्षिप्त प्रतिक्रियामा कार्यवाहक डंगोलले भन्नुभयो, ‘यो द्वार निर्माण भएसँगै महाबौद्ध क्षेत्रको धार्मिक र पर्यटकीय महत्व थप उज्यालो भएको छ । यस्ता संरचनाले स्थानीय पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ ।’
काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मानिने महाबौद्ध क्षेत्रको पहिचान र सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले वडा नं. २७ ले ‘महाबौद्ध प्रवेश द्वार’ निर्माण गरेको बताउँदै वडाध्यक्ष खड्गीले, कलात्मक प्रवेश द्वारले यस क्षेत्रको ऐतिहासिक गरिमालाई थप उचाइ दिएको बताउनुभयो । १ करोड ७ लाख ९४ हजार ८ रुपियाँ लागतमा परम्परागत नेवारी शैलीमा निर्माण गरिएको द्वार महावौद्ध र समग्र वडाकै पहिचान स्मारकका रुपमा बनाइएको खड्गीको भनाइ छ ।
प्रवेशद्वारको शीर्ष भागको केन्द्रमा तामाबाट निर्माण भएको बुद्धका आँखा अंकित, महाबौद्ध स्तूपको प्रतीक स्वरुप गजुर स्थापना गरिएको छ । आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठका अनुसार द्वारको शोभा बढाउन पञ्च बुद्धका मूर्तिहरू लहरै सजाएर राखिएको छ । धातुको ट्रस्ट र कङ्क्रीट बिममा आधारित प्यागोडा शैलीमा निर्माण गरिएको यस द्वारको छानो तामा र पित्तल मिसाएर बनाइएको छ । यसले द्वारलाई आकर्षक र भव्य देखाएको छ ।
भौतिक संरचनाका दृष्टिले प्रवेश द्वार अत्यन्त मजबुत र सुरक्षित रहेको आर्किटेक्ट इञ्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । ठूला तथा साना सवारी साधनहरूको सहज आवतजावतलाई ध्यानमा राखेर यसको चौडाइ १२.८५ मिटर र जमिन सतहदेखि छानोमुनिसम्म ४ दशमलव २४ मिटर उचाइ छ । गजुरसम्म हेर्ने हो भने करिब ७ मिटर उचाइ छ । संरचनालाई भूकम्पीय दृष्टिकोणले सुरक्षित र टिकाउ बनाउन जमिनमुनि ६ मिटर गहिरो ‘पाइल फाउन्डेसन’ निर्माण गरिएको छ । श्रेष्ठका अनुसार द्वार निर्माण गर्दा यस प्रकारको फाउन्डेसन राखिएको यो नै पहिलो हो ।
परम्परागत शिल्प र आधुनिक प्रविधिको सम्मिश्रणबाट बनेको यो ‘सम्पदा द्वार’ले सांस्कृतिक सहरको चिनारीमा इटा थपेको छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App