वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
स्वास्थ्य भवनको शिलान्यास
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० को विनायक नगरमा स्वास्थ्य भवनको शिलान्यास भएको छ । ७० लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको आज वडाध्यक्ष रामकुमार के. सी. ले शिलान्यास गर्नुभएको हो । ९ आना जमिनमध्ये करिब ५ आनामा भवन निर्माण हुनेछ ।
शिलान्यासपछि संक्षिप्त प्रतिक्रिया दिँदै के. सी. ले भन्नुभयो, ‘अहिले स्वास्थ्य सेवा धेरै नै महङ्गो भयो । सामान्य उपचारका लागि पनि धेरै रकम चाहिने भएपछि यसको प्रत्यक्ष असर समाज व्यवस्थापनमा परेको छ । यो अवस्थालाई सुधार गर्न हामी विशेषज्ञ स्वास्थ्य सेवालाई सहज बनाउने प्रयासमा छौँ । यो भवन निर्माण भएर सेवा सुरु भएपछि योजना कार्यान्वयनमा एउटा उपलब्धी जोडिनेछ ।’
भवनको पहिलो तला निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रतिस्पर्धाबाट उक्त भवन ७० लाख रुपैयाँमा निर्माण हुने भएको छ । आउँदो १ बर्षभित्र उक्त भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
३ तलाको भवन बनाउने योजनाअनुसार पहिलो बर्ष पहिलो तला बनाउन लागिएको हो । अर्को बर्ष क्रमशः निर्माण गर्दै लैजाने वडाको योजना छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App