Logo
  • वि.सं.: २०८३, असर १७ बुधबार

  • इ.स.: 2026 July 1,WEDNESDAY

  • वि.सं.: २०८३, असर १७ बुधबार

  • ३६० जना शिक्षकलाई निर्माणात्मक मूल्याङ्कन अवधारणा र नतिजा अभिलेखन सम्बन्धी तालिम सम्पन्न  

    सरकारले जारी गरेको शासकीय सुधारको बुँदा नं. ८९ कार्यान्वयनका लागि काठमाडौैँ महानगर तयार 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको कक्षा ४ र ५ मा अध्यापन गराउने ३६० जना शिक्षक शिक्षिकालाई निर्माणात्मक मूल्याङ्कन तथा नतिजा अभिलेखन सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । २ चरणमा आयोजना गरेको तालिममा पहिलो श्रृङ्खलामा १८० जनालाई र दोस्रो श्रृङ्खलामा १८० जना गरी ३६० जना शिक्षक शिक्षिकालाई प्रशिक्षित गरेको हो । आधारभूत तह कक्षा ४-५ विद्यार्थी मूल्याङ्कन कार्यविधि २०८३ बमोजिम विद्यार्थीहरुको नियमित मूल्याङ्कनका लागि शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । 

    यस विधिमा विद्यार्थीहरुको आवधिक रुपमा नभइ कक्षामा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगात्मक कार्य, व्यवहारको अवलोकन, विद्यार्थीले गरेका कामको प्रदर्शन, घटनावृत्त अभिलेख, अभिभावकको प्रतिक्रिया, स्व र सहपाठी मूल्याङ्कन जस्ता आधारमा नतिजा अभिलेखन गरिन्छ । 

    सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी कार्ययोजना अन्तर्गतको ८९ औँ वुँदामा निर्माणात्मक मूल्याङ्कन कार्यान्वयन सम्बन्धी व्यवस्था उल्लेख छ । 

    तालिमले शिक्षकहरुलाई आत्मविश्वाश प्रदान गरेको छ । समापन अवसरमा शिक्षा अधिकृत केशव ज्ञवालीले भन्नुभयो, ‘कक्षा कोठामा दिइएको तालिमको प्रभावकारिताका लागि नियमित अनुगमन गर्नेछौँ ।’

    ‘शिक्षकहरूको उत्कृष्ट तथा नवीन अभ्यासहरूको आदानप्रदान, पाठ्यक्रमको परिचय र संरचना’, ‘विषयगत पाठ्यक्रम र तिनका विशेषता’, ‘नविनतम शिक्षण विधिको प्रयोग’, ‘ विद्यार्थी मूल्याङ्कनका सम्भाव्य तरिका र साधनहरूको  प्रयोग’, ‘सिकाई उपलब्धि मूल्याङ्कन अभिलेख फारामको प्रयोग’, ‘जीपीए गणना र विद्यार्थीको प्रगति प्रतिवेदनको नमूना तयारी’ लगायत विषय तालिममा समावेश गरिएको थियो । 

    तालिम सहजकर्ता सीता पाण्डेले, शिक्षकहरुबाट यस प्रकारको मूल्याङ्कन प्रक्रियामा तत्परता बढाएको छ । तालिमपछि यस प्रक्रियाका लागि उहाँहरु तयार हुनुभएको छ । 

    तालिमपछि सहभागीहरुले प्रतिक्रिया दिँदै भन्नुभयो, सिर्जनात्मक शिक्षण सिकाइ, मूल्याङ्कन र नतिजा अभिलेखन प्रणालीका नवीनतम दृष्टिकोण सिक्न हामी तत्पर छौँ । 

    महानगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा १ हजार ६४६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । यसमा बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना, संस्थागततर्फ ११६ जना र विद्यार्थी मूल्याङ्कन तथा नतिजा अभिलेखनमा १८० जनालाई तालिम प्रदान गरिएको हो ।  

    सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी हुनुभयो । 

    शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षातर्फ नतिजा सुधार हुने अपेक्षा राखिएको छ । 


     

  • प्रकाशित मिति मंगलबार १६ असर २०८३ ०४:१४ PM