वि.सं.: २०८२, फागुन ८ शुक्रबार
इ.स.: 2026 February 20, FRIDAY
वि.सं.: २०८२, फागुन ८ शुक्रबार
वडा १७ बाट नागरिक विद्युतीय सुशासन सेवा प्रारम्भ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १७ बाट नागरिक विद्युतीय सुशासन सेवाअन्तर्गत एकीकृत प्रणाली प्रारम्भ भएको छ । वडाध्यक्ष एवं महानगरका प्रवक्ता नविन मानन्धरले डिजिटल सिग्नेचरको टोकन प्रयोग गर्दै सेवा शुभारम्भ गर्नुभएको हो । सेवालाई अन्य वडामा क्रमशः विस्तार गर्दै लगिनेछ ।
सेवा थालनीपछि प्रवक्ता मानन्धरले भन्नुभयो, ‘हाम्रो लक्ष्य पेपरलेस हुँदै फेसलेस गभर्नान्ससम्मको हो । प्रारम्भमा परम्परागत प्रणाली र प्रविधिलाई सँगै सञ्चालन गरिनेछ । जुन दिनबाट पूर्ण रुपमा विद्युतीय सेवा सञ्चालन गर्न सकिन्छ त्यो दिनबाट कागजको प्रयोग बन्द हुनेछ ।’
‘वडा कार्यालय महानगरका होइनन्, यी जनताका कार्यालय हुन् । यहाँबाट प्रवाह हुने सेवालाई जनताले आफ्नै हो भनेर महसुस गराउने हाम्रो प्रयास हो ।’ प्रवक्ता मानन्धरले भन्नुभयो, ‘विद्युतीय शासनका लागि युवा पहिलो प्रयोगकर्ता बन्छन् । यसलाई बढाउँदै लगेर सबैको पहुँचमा पु¥याउने लक्ष्य छ ।’
प्रणाली सञ्चालनका लागि विकासकर्ताका विज्ञहरुले सहयोग गर्नेछन् । वडाले नियुक्त गरेका वडास्तरीय परामर्शदाताले वडाध्यक्ष, वडा सचिव र सेवासँग सम्बन्धित कर्मचारीहरुलाई सहजीकरण गर्नेछन् ।
प्रणालीमा इ—शिफारिस, दर्ता चलानी सेवा छन् । सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको मोवाइल एप्लिकेसन केएमसी एपबाट आफ्ना विवरण भरेपछि ती तथ्याङ्क तथा सूचना वडा सचिवकोमा पुग्छन् । त्यहाँबाट प्रक्रिया सुरु हुन्छ । यसको प्रमाणीकरणका लागि वडा सचिवहरुलाई डिजिटल हस्ताक्षर टोकन दिइसकिएको छ ।
एकीकृत विद्युतीय शासन प्रणालीका विकासकर्ता स्मार्ट पालिकाका निर्देशक मनोज भट्टराईकाअनुसार वडा तहबाट प्रवाह गर्नु पर्ने ८८ प्रकारका सेवामध्ये ४५ प्रकारका शिफारिस सेवालाई प्रणालीमा प्रविष्ट गराइसकिएको छ । यसलाई वडाबाट आफैँले सेवा थप गर्न सकिने बनाइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App