Logo

काठमाडौँ महानगरपालिकाले तोकेका ४६ स्थानमा स्वदेशी फूल विक्री हुँदै : प्लाष्टिकजन्य फूल महानगर प्रहरी बलबाट जफत 

ढुक्कसँग व्यापार गर्न पाइयो, खुशी छौँ - व्यापारी 

काठमाडौँ । पर्वलक्षित स्वदेशी फूल व्यापारका लागि महानगरपालिकाले तोकेका स्थानहरुमा अहिले उपभोक्ताको घुइँचो बढेको छ । दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा कार्तिक १४ गतेदेखि १७ गतेसम्म ४ दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ । यससँगै प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाइएको छ । 

गएको वर्षबाट किसानलाई स्वदेशी फूल विक्री स्थल उपलब्ध गराउन थालिएको हो । त्यस वर्ष प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा स्थान मिलाइएको थियो । त्यहाँ पुग्न कठिन भएका किसानलाई महानगर प्रहरीले सवारी साधनमा राखेर विक्री स्थलसम्म लगेका थिए । यस वर्ष भने किसानहरु पायक पर्ने ठाउँमा आफैँ पुगेका छन् । 

तोकेका ठाउँमा व्यापार गर्न पाउँदा किसानहरुले खुशी भएको प्रतिक्रिया दिनुभएको छ । ‘गएको वर्षभन्दा यो वर्ष धेरै सहज भयो । अर्को वर्ष महानगरपालिकाले झन सहज बनाउने आशा पलाएको छ ।’ 

किसानसँग सोझै फूल खरिद गर्न पाउँदा उपभोक्ताहरुले पनि खुशी व्यक्त गर्नुभएको छ । ‘ताजा फूल प्राप्त भयो । किसानसँग सोझै किन्न पाउँदा सस्तो पनि पाइयो । यसबाट स्वदेशी उत्पादनलाई सहयोग गर्न पाइयो । महानगरपालिकाको यो काम प्रशंशा योग्य छ ।’ उपभोक्ताहरुको प्रतिक्रिया छ । 

यस वर्ष किसानहरुलाई स्वदेशी फूल विक्रीका लागि उपलब्ध गराइएका स्थानहरु 
१) आरती पार्टी प्यालेस, माछापोखरी
२) बुद्ध महल, माछापोखरी
३) बालाजु भाटभटेनी, माछापोखरी, 
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्मचक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
() कलंकी ट्र्रड सेन्टर, कलंकी
१)) एस। एन। एस।, कलंकी
११) एन। बि। टि। सि।, कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रडङ् कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१() विग मार्ट कम्लेक्स, अनामनगर
२)) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटि प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के। एल। टावर, चावहिल 
२५) वि एण्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर 
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२() फोनिक्स टावस, बत्तीसपुतली
३)) चावहिल फुटबल चौर, चावहिल गणेशस्थान
३१) बिगमार्ग, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्लालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल 
३६) एसि कम्प्लेक्स, चावहिल 
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल 
३९) विग मार्ग, बालुवाटार 
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाशुखी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से महल, बालाजु 
४६) सासा ब्याङकेट सोह्रखुट्टे

यससँगै महानगर प्रहरी बलले सजावटका लागि प्रयोग गरिएका प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीहरुको विक्री, प्रयोग र भण्डारणको अनुगमन गरिरहेको छ । यस क्रममा कोटेश्वरबाट ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला नियन्त्रणमा लिएको छ । 

नयाँ सडक, विशालबजार, पाको खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत स्थानका ७ वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल सटर, कालीमाटी, कुलेश्वर, टंकेश्वरी क्षेत्रका ३२ वटा पसल सटरप्रहरी बलले चावहिल, बौद्ध, बानेश्वर, कलंकी, कालीमाटीसहित सहरका व्यापारिक क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ । 

  • प्रकाशित मिति: बिहीबार १५ कात्तिक २०८१ १७:५५