वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका परिचालन एवं कोष सञ्चालन निर्देशिकाको मस्यौदा विधायन समितिमा
काठमाडौँ । काठमाडौँ महानगरपालिका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका परिचालन तथा कोष सञ्चालन निर्देशिका २०७९ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय भएको छ । शुक्रबार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँ महानगरमा २०५२ सालदेखि स्वास्थ्य स्वयमसेविकाहरु काम गरिरहेका छन् । ५५८ संख्यामा रहेका स्वयमसेविकामध्ये ५ जनाको मृत्यु भइसकेको छ । विदेश गएर वा यस्तै अन्य कारणले २५ जना अनुपस्थित छन् । बाँकी ५२८ मध्ये ६३ जनाको उमेर ६० बर्ष पूरा भइसकेको छ ।
खोपलगायत स्वास्थ्य सम्बन्धी राष्ट्रिय कार्यक्रम सञ्चालन हुँदा स्वयमसेविकाहरु परिचालन हुने गरेका छन् । सरकारका स्वास्थ्य सेवा सम्बन्धी जानकारी समुदायमा लैजाने मुख्य जिम्मेवारी उहाँहरुकै हो ।
यस सन्दर्भमा उहाँहरुको व्यवस्थापन, हित र परिचालनलाई व्यवस्थापन गर्नुपर्ने भएकोले निर्देशिका जारी गर्न लागिएको उपप्रमुख डंगोलको भनाइ छ ।
निर्देशिकामा सामुदायिक महिला समूहको गठन, स्वयमसेविका छनौट, कार्य अवधि, पद रिक्त हुने अवस्था, तालिम तथा क्षमता विकास, काम कर्तव्य र अधिकारलगायत विषय समेटिने छन् ।
स्वयमसेविकाहरुको हित प्रवर्धन गर्न सञ्चालन गरिने केन्द्रीय र वडा स्तरीय कोष सञ्चालन, प्रोत्साहनका कार्यक्रम निर्देशिकामा समेटिएका छन् ।
महानगरबासीको स्वास्थ्यमा सेवाको पहुँच सुनिश्चित गर्न तथा स्वस्थ्य सहर निर्माणको लक्ष्य पूरा गराउन स्वास्थ्य स्वयमसेविकाहरुको परिचालन गर्न सरकारले कार्यक्रम सञ्चालन रणनीति जारी गरेको छ । यही रणनीतिका आधारमा महानगरले निर्देशिका जारी गर्न लागेको हो ।
बैठकमा महानगरका प्रवक्ता नविन मानन्धर, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन सहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो । महिला स्वास्थ्य स्वयमसेविकाकातर्फबाट जानुका श्रेष्ठ भण्डारी, संघ संस्थाको प्रतिनिधित्व गर्दै भवानी अधिकारी, सीमान्तकृत, लोपोन्मुख तथा सेवाको प्रयोग कम भएका समुदायको प्रतिनिधित्व गर्दै उर्मिला मगैया र रजनी देउलाले निर्देशिका सम्बन्धी छलफलमा भाग लिनुभएको थियो ।
बैठकले स्वयमसेविकाहरुको तालिम लगायत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, उमेर हदका कारण सेवा रहन नसक्ने स्वयमसेविकाहरुको विदाइ गर्ने लगायत विषयमा छलफल गरेको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App