वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
कहाली लाग्दा घटना आउँछन्, संकट व्यवस्थापन केन्द्रमा
काठमाडौँ । ११ बर्षकी एक बालिकालाई आत्महत्या प्रयासबाट उद्धार गरियो । उनलाई कान्ति बाल अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखेर उपचार गरियो । उनको स्वास्थ्यमा सुधार आउन थालेपछि उनले किन आत्महत्या गर्ने प्रयास गरिन्? अध्ययन थालियो । त्यसपछि थाहा भयो, उनी विद्यालयमा यौन हिंसामा परेकी रहिछन् । त्यो घटना उनले घर परिवारमा सुनाइन् । बालिकाको भनाइलाई परिवारले सकारात्मक रुपमा लिएन । उनी झन पीडामा परिन् । यसपछि उनले जीवन सिध्याउने निर्णय गरिन ।
अस्पतालको संकट व्यवस्थापन केन्द्रमा यस्ता कहाली लाग्दा घटनाहरु छन् । तीमध्ये बाहिरी जिल्लाबाट रिफर भएर आएकी १४ वर्षीया किशोरीको कथा यस्तै दर्दयुक्त छ । उनीसँग २ महिने सन्तान छ । यी किशोरी र उनको सन्तान दुवैलाई संरक्षणको आवश्यकता छ ।
अस्पतालमा रहेको केन्द्रमा चालु आर्थिक बर्षको यस अवधिसम्ममा ४२ वटा प्रकृतिका घटना आएका छन् । जसमध्ये २१ वटाभन्दा धेरै काठमाडौँ महानगरपालिका भित्रका छन् । महानगरभित्र पनि विद्यालयबाट आएका घटना धेरै छन् ।
समाजमा हुने गरेका हिंसाका यी नमूना हुन् । यस्ता कहानीहरु टोल टोलमा हुन सक्छन् । यसरी पीडामा परेका महिला र बालबालिकालाई चाहिने उपचार, प्रशासनिक कारवाहीका प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग एकै ठाउँबाट प्राप्त हुन सकोस् भनेर एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो । अस्पताल आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका २०७७ बमोजिम काठमाडौँमा रहेका ट्रमा सेन्टर, वीर अस्पताल, स्त्री तथा प्रसुति रोग अस्पताल, टेकु अस्पताल र कान्ति बाल अस्पतालबाट पीडितहरुका लागि सेवा सञ्चालन हुँदै आएको छ । केन्द्रहरुमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक सामाजिक कारणबाट सिर्जित समस्याको पीडामा रहेका महिला र बालबालिका आउने गरेका छन् । उनीहरुका लागि स्वास्थ्य तथा चिकित्सा सेवा, मनोसामाजिक परामर्श, सुरक्षित घर तथा आवास सेवा, कानुनी सहयोग र जीविकोपार्जन सेवा प्रदान गर्ने गरिन्छ ।
यस प्रकृतिका घटना व्यवस्थापन गर्न सामुहिक प्रयास चाहिन्छ । दण्डनीय काम गर्नेलाई हुने कानुनी दण्डका बारेमा सामाजिक सचेतनामुलक कार्यक्रम चलाउनुपर्छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी भन्नुहुन्छ, ‘महानगरपालिकाले महिला सञ्जाल गठन गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौँ । हामी सबै केन्द्रसँग समन्वय र सहयोग हुने गरी काम गर्नेछौँ ।’
सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले हिंसाबाट पीडितहरुलाई पारिवारिक पुनमिलन गराउन, सामाजिक पुनस्र्थापना गराउन र जीविकोपार्जनका लागि सीप विकास गर्न महानगरसँग कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले, केन्द्रको प्रभावकारी कार्यान्वयनमा महानगरको सहयोग आवश्यक रहेको बताउनुभयो । केन्द्रका फोकल पर्सन पुष्पा घिमिरेका अनुसार पीडितहरुको पुनस्र्थापना अहिलेका लागि मुख्य कार्यक्रम रहेको उल्लेख गर्नुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा भएकोले बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा सबै केन्द्रका प्रतिनिधि आमन्त्रण गरेर अहिलेसम्मको प्रगति र चुनौती तथा सहकार्य र सहयोगका विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसका लागि महानगरको सामाजिक विकास विभागले आन्तरिक रुपमा शिक्षा र सूचना प्रविधि विभागसँगै केन्द्रहरुसँग समन्वय गर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App