वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
उपभोग्य बस्तुको बजारमा काठमाडौँ महानगरपालिकाको नियमित अनुगमन
काठमाडौं । दैनिक उपभोग्य बस्तुको बजार अनुगमनलाई महानगरले नियमित गरेको छ । स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । यो समिति उपप्रमुखको अध्यक्षता हुन्छ । अनुगमनको नेतृत्व निरीक्षण अधिकृतले गर्ने व्यवस्था छ ।
आज कालीमाटी तरकारी बजारको अनुगमन भएको छ । खरिद र विक्री बिल देखाउन नसक्नु, महानगरको दर्ता र नविकरण नहुनु, तौलका सामग्री तथा उपकरणको नविकरण देखाउन नसक्नु जस्ता समस्या छन् । यस्ता कारण अनुगमन टोली बजारमा पुगेपछि थोक व्यापारी व्यापार छोडेर लाखापाखा लाग्ने गरेका छन् । यो अवस्था विगतदेखि नै छ । आजको अनुगमनमा पनि यही क्रम दोहोरियो ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजारको व्यवस्था हेर्ने कामलाई तीब्र बनाएको हो ।
अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको छ । यसलाई व्यवस्थित गर्न महानगरले ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक — २०७७’ जारी गरिसकेको छ । यसलाई सामयिक परिमार्जन गर्दै २०७९ सालमा संशोधन गरिएको छ ।
उपभोग्य सामान मात्र विक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीब्र बनाइएको हो । निरीक्षण अधिकृत एवं प्रशासन महाशाखा प्रमुख सरिता राई भन्नुहुन्छ, ‘बस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, शिफारिस, नविकरण हामीले हेर्ने गरेका छौँ ।’
अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् ।
दैनिक औसतमा ५ सय मेट्रिक टन तरकारी तथा फलफुल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App