वि.सं.: २०८२, कात्तिक १५ शनिबार
इ.स.: 2025 November 1,SATURDAY
वि.सं.: २०८२, कात्तिक १५ शनिबार
खोप छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिका घरधुरी सर्वेक्षण गर्दै
काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ । स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना महर्जनका अनुसार पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण गर्न, पूर्ण खोप घोषणा सुनिश्चितता निर्देशिका बमोजिम खोप लगाउन छुटेका बालबालिका खोजी गर्न लागिएको हो । यो खोजीबाट १६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाहरुमा खोपको अवस्था पहिचान गरिनेछ । ५ बर्ष उमेर समूहका बालबालिकाको जनसंख्याको आधारमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर खोजी तथा सर्वेक्षण कार्य हुनेछ । यसबेला भेटिएका बालबालिकालाई बैशाख ३१ गते बोलाएर खोप दिने व्यवस्था मिलाइनेछ ।
राष्ट्रिय खोप तालिका अनुसार बृहत खोज र खोप अभियान अन्तर्गत नियमित खोप लगाउनु पर्ने र यसअघि छुटेका बालबालिकालाई भोलि अर्थात् बैशाख १५ गते शुक्रबार पनि खोप दिइनेछ । महाशाखा प्रमुख महर्जनका अनुसार तालिकाअनुसार नियमित खोप लगाउनु पर्ने वा छुटेका सबै बालबालिकाका लागि महानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट खोप दिइनेछ । यसको सबै तयारी पूरा भइसकेको छ ।
नेपालमा बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने गरिएको छ । काठमाडौँ महानगरपालिकाले खोप महिनाको रुपमा मनाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।
पहिलो खोप बच्चा जन्मिने वित्तिकै बिसीजी खोप लगाइन्छ । दोस्रो खोप ६ हप्तामा रोटा, पोलियो, पीसीभी, डीपीटी, हेब बी—हिब खोप दिइन्छ । तेस्रो खोप जन्मेको १० महिनामा दिइन्छ । यसमा ६ महिनामा दिइएको खोपको दोस्रो मात्रा दिइन्छ । चौधौँ हप्तामा चौथो खोप दिइन्छ । यसमा पोलियो, एफआइपीभी, डीपीटी र हेब वी—हिब खोप लगाइन्छ । ९ महिनामा पाँचौँ खोप लगाइन्छ । यसमा एफआइपीभी, पीसीभी र रुवेला दादुरा खोप लगाइन्छ । १२ महिनामा छैटौँ पटक खोप दिइन्छ । यस पटक दिइने खोप जापानीज इन्सेफालाइटिस हो । १५ महिनामा सातौँ खोप दिइन्छ । यो खोप रुवेला दादुराको दोस्रो मात्रा हो । यसैबेला टाइफाइडको खोप पनि लगाइन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App