Logo
  • वि.सं.: २०८२, जेठ २४ शनिबार

  • इ.स.: 2025 June 7,SATURDAY

  • वि.सं.: २०८२, जेठ २४ शनिबार

  • बजेट नीति र कार्यक्रममा जनताका चाहना समेट्न महानगरको पृष्ठपोषण प्रणाली

    बजेट नीति र कार्यक्रममा जनताका चाहना समेट्न महानगरको पृष्ठपोषण प्रणाली

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक बर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ । अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यबस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् । यी शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ । 

    नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ । सुझाव mayor.sect@kathmandu.gov.np मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ । 

    महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन् । 

    यी विषयमा सुझाव दिनका लागि http://esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझाव सम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रम सम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका २३ वटा शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ । 

    यहाँ रहेको आफ्नो सुझाव दिनोस् वटम थिचेपछि पुगिने पेजमा कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी २ वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ ।  


    सुझाव तथा समस्या समाधानका लागि नागरिकको परिकल्पना संकलन गर्न पोर्टलमा राखिएका शीर्षकहरु 


    सार्वजनिक निर्माण
    —    भौतिक पूर्वाधार (सडक÷ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुननिर्माण
    —    सेवा पूर्वाधार (खानेपानी÷विद्युत तथा सञ्चार प्रविधिका सेवाका लागि पूर्वाधार)
    —    ठूला तथा महानगर गौरवका आयोजनाहरु 
    —    यातायात तथा सहरी गतिशिलतासँग सम्बन्धित योजना
    —    अन्य

    शिक्षा
    —    शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि
    —    प्राविधिक र सीपमा आधारित शिक्षा
    —    अनौपचारिक शिक्षा (समुदायमा आधारित)
    —    विद्यालय व्यवस्थापन
    —    विद्यालय पूर्वाधार (प्रयोगशाला÷पुस्तकालय÷कक्षा कोठा÷खेल मैदान आदि)
    —    अन्य

    स्वास्थ्य
    —    स्वास्थ्य प्रवर्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा 
    —    स्वास्थ्य बीमा
    —    औषधि वितरण
    —    दीर्घ तथा जटिल रोग, खोप तथा महामारीका कार्यक्रम 
    —    स्वस्थ्य सहर निर्माण 
    —    अन्य

    सहरी व्यवस्थापन
    —    भवन निर्माण र इजाजत
    —    इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम 
    —    ५ हजार वर्गफिटसम्म वडालाई नक्सा स्वीकृत गर्न दिएको अधिकार 
    —    अन्य

    वातावरण व्यवस्थापन
    —    फोहोरमैला व्यवस्थापन (संकलन, ढुवानी र अन्तिम व्यवस्थापन)
    —    पार्कहरुको व्यवस्थापन र वृक्षारोपण
    —    जल÷वायु÷ध्वनी प्रदुषण 
    —    अन्य

    सम्पदा तथा पर्यटन
    —    पुननिर्माण, मर्मत सम्भार, स्वामित्व, उपयोग तथा व्यवस्थापन
    —    मूर्त, अमूर्त, कला, साहित्य, संगीत र संस्कृति
    —    पर्यटन पूर्वाधार र प्रवर्धन
    —    सम्पदा अभिलेखीकरण 
    —    अन्य

    सूचना प्रविधि
    —    विद्युतीय शासन प्रणाली (अनलाइन सेवा)
    —    सूचना सञ्चार र सञ्चार प्रविधि
    —    सीसीटिभी क्यामरालगायत सहरी सुरक्षा प्रणाली
    —    कल सेन्टर (गुनासो सुनुवाई तथा व्यवस्थापन)
    —    डिजिटल रिटेरेसीका कार्यक्रम 
    —    अन्य

    सामाजिक विकास
    —    लक्षित वर्गका कार्यक्रम
    —    सामाजिक सुरक्षा कार्यक्रम 
    —    बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम
    —    खेलकुद, सीप र उद्यमशील विकास तथा क्षमता विकासका कार्यक्रम 
    —    गैर सरकारी तथा अन्तरराष्ट्रिय गैर सरकारी संघ संस्था
    —    अन्य

    सहकारी
    —    दर्ता, नविकरण तथा नियमन
    —    जोखिम पूर्वानुमान र व्यवस्थापन
    —    अन्य

    कानुन तथा मानव अधिकार
    —    न्यायिक प्रणाली
    —    न्याय प्रशासन
    —    मेलमिलाप 
    —    मानव अधिकार
    —    निःशुल्क कानुनी सेवा
    —    इजलास (प्रमुख÷उपप्रमुख न्यायिक ÷ प्रमुख प्रशासकीय अधिकृत)
    —    कानुनी साक्षरताको प्रवर्धन 
    —    अन्य 

    कृषि तथा पशुपंक्षी
    —    कृषि तथा पशु बजार
    —    बधशाला, चिस्यान गृह (भण्डारण)
    —    दूध तथा दूग्ध पदार्थ व्यवस्थापन
    —    खाद्य प्रयोगशाला (कृषि÷भेटेनरी)
    —    खाद्य निरीक्षक
    —    होटल, आवास गृह, रेष्टुरेन्ट, बार, क्लब तथा खाजा घर
    —    दैनिक उपभोग्य बस्तुको व्यवस्थापन र भण्डारण
    —    सामुदायिक पशु (कुकुर, विरालो, गाई, गोरु, बाच्छा)
    —    अन्य

    विपद व्यवस्थापन
    —    विपद पूर्व तयारी, आपतकालीन सेवा
    —    विपद व्यवस्थापन तथा खोज, उद्धारका सामग्री भण्डारण र कृतिम अभ्यास
    —    बारुण यन्त्र, सडक दुर्घटना व्यवस्थापन यन्त्र तथा उपकरण
    —    क्षमता विकासका लागि समन्वय र सहकार्य
    —    अन्य

    हनुमान ढोका दरबार संरक्षण कार्यक्रम
    —    सम्पदा क्षेत्रको संरक्षण र व्यवस्थापन
    —    इन्द्र जात्रालगायत अन्य जात्रा र पर्व सञ्चालन कोष
    —    स्थानीय सहभागिता 
    —    अन्य

    पार्क तथा हरियाली व्यवस्थापन
    —    मौजुदा पार्क व्यवस्थापन
    —    नयाँ पार्क निर्माण, प्रभाव मूल्याङ्कन र डिजाइन
    —    पार्क, नदी, पोखरी तथा सार्वजनिक स्थलको व्यवस्थापनमा स्थानीय सहभागिता
    —    अन्य 

    जग्गा एकीकरण आयोजना
    —    नयाँ बजार जग्गा एकीकरण आयोजना
    —    आयोजना हस्तान्तरण 
    —    चमती जग्गा एकीकरण आयोजना
    —    मनोहरा जग्गा एकीकरण आयोजना 
    —    अन्य 

    वित्तिय सुशासन
    —    खर्च तथा भुक्तानी प्रणाली
    —    आन्तरिक लेखा प्रणाली 
    —    अन्य 

    खरिद
    —    बस्तु खरिद प्रणाली
    —    सेवा खरिद प्रणाली
    —    खरिद मूल्याङ्कन 
    —    अन्य 

    राजस्व 
    —    राजस्वको दर र दायरा
    —    आन्तरिक आय
    —    अन्तर सम्बन्धित क्षेत्र, समानीकरण, सशर्त तथा निशर्त अनुदान 
    —    अन्य 

    योजना अनुगमन
    —    उपभोक्ता हित तथा बजार व्यवस्ूथापन अनुगमन 
    —    वार्षिक नीति तथा कार्यक्रमअन्तर्गतका योजनाको अनुगमन
    —    विषयगत समितिका कार्यक्रम र अनुगमन 
    —    मासिक, त्रैमासिक, चौमासिक, अर्ध वार्षिक प्रगति र मूल्याङ्कन 
    —    अन्य

    प्रशासन
    —    सेवा वितरण
    —    कर्मचारी प्रशासन र क्षमता विकास 
    —    कार्यालय व्यवस्थापन   
    —    सार्वजनिक सम्पत्ति संरक्षण तथा व्यवस्थापन 
    —    अन्य

    सार्वजनिक निजी साझेदारी
    —    चालु कार्यक्रम
    —    क्षेत्र तथा सेवामा निजी क्षेत्रको स्रोत, सीप र लगानीका कार्यक्रम
    —    सार्वजनिक निजी साझेदारी कार्यक्रमका ढाँचा
    —    साझेदारीबाट सञ्चालन गर्न सकिने ठूला आयोजनाहरु
    —    अन्य 

    संघ तथा प्रदेश पूर्वाधार विकास योजनाका
    —    संघ सरकारका कार्यक्रम 
    —    प्रदेश सरकारका कार्यक्रम
    —    विषयगत कार्यालयहरुबाट प्रवाह हुने सेवा सम्बन्धी कार्यक्रम (बन, आयुर्वेद विज्ञान, साना तथा घरेलु उद्योग, खानेपानी तथा सरसफाइ, बन कार्यालय, सहरी विभास तथा भवन निर्माण विभाग, शिक्षा विकास तथा समन्वय एकाइलगायत)
    —    अन्य 

    अन्तरराष्ट्रिय सम्बन्ध
    —    अन्तरराष्ट्रिय सहरसँगको भगिनी सम्बन्ध 
    —    राष्ट्रिय सहरहरुसँगको भगिनी सम्बन्ध 
    —    राष्ट्रिय अन्तरराष्ट्रिय संघ संस्थाहरुसँगको सम्बन्ध र आपसी सहयोग
    —    राष्ट्रिय अन्तरराष्ट्रिय सहयोग तथा क्षमता आदानप्रदान 
    —    अन्य 

    क्युआर कोड स्क्यान गर्नोस्, पोर्टलमा पुग्नुहुन्छ ।   

      

     

  • प्रकाशित मिति बुधबार २८ वैशाख २०८० ०४:५३ PM