वि.सं.: २०८२, माघ १९ सोमबार
इ.स.: 2026 February 2,MONDAY
वि.सं.: २०८२, माघ १९ सोमबार
मापदण्ड विपरीतका २ वटा अस्पतालमा ताला
काठमाडौँ । दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका २ वटा अस्पतालमा आज काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ काटेश्वरमा रहेको सहयात्री अस्पतालमा जनस्वास्थ्य विभागले ताला लगाएको हो ।
स्वास्थ्य जस्तो संवेदनशील सेवा प्रदान गर्ने ठाउँ दर्ता नै नभएको पाइएपछि बन्द गराएका हौँ । जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटी र लापर्वाहीले मानिसको मृत्यु हुन सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ । दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति । यसकारण हामीले बन्द गराएका हौँ ।’
महानगरले ताला लगाउँदा जम्मा भएका स्थानीयहरु निगरानी बढाएर नियम विपरीतका सबै स्वास्थ्य संस्थालाई बन्द गराउनु पर्ने, औषधिलाई सहज र पहुँचयुक्त बनाउनु पर्ने प्रतिक्रिया दिइरहेका थिए ।
दुवै अस्पताल १५/१५ शय्याका हुन् । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । विभागका प्रमुख पौडेलका अनुसार सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको थियो ।
विभागले लक्षित बर्गलाई उपलब्ध गराउनु पर्ने सेवाको नियमित निगरानी र अनुगमन गरिरहेको छ ।
तस्विर : कृष्ण कट्टेल
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App