Logo

नागरिकता शिफारिसलाई जोखिमपूर्ण बनाइयो : हामी भुङ्ग्रो छौँ — जनप्रतिनिधि

नागरिकता शिफारिसलाई जोखिमपूर्ण बनाइयो : हामी भुङ्ग्रो छौँ — जनप्रतिनिधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरुले नागरिकता शिफारिस जनप्रतिनिधिका लागि भुङ्ग्रो बनाइएको अनुभव सुनाउनुभएको छ । नागरिकता सम्बन्धी परिवर्तित व्यवस्थाका बारेमा समान धारणा बनाउन वडाध्यक्ष र वडा सचिवहरुका विच आज सञ्चालन गरिएको अन्तरक्रियात्मक छलफल कार्यक्रममा वडाध्यक्षहरुले भन्नुभयो, ‘सत्य जाँच गर्ने अधिकारी अरु नै हुँदा पनि नागरिकता शिफारिस गरेको दोष वडाध्यक्षलाई दिने हो भने नागरिकता प्रदान गर्ने अधिकार पनि वडाध्यक्षलाई नै दिनू । हामी वितरण गर्ने क्षमता राख्छौँ । व्यक्तिको पहिचान र सम्बन्धका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्छौँ । यसका सबै पक्षको जिम्मा लिन्छौँ । अहिले त राम्रो विषयमा कसैले कुरा नै नगर्ने, समस्या आयो कि वडाध्यक्षलाई देखाएर अरु अलग्गै बस्न थाले ।’

त्यस क्रममा प्रवक्ता नविन मानन्धरले भन्नुभयो, ‘नागरिकता संवेदनशील विषय हो । कसैलाई नागरिकता विहिन बनाउनु हुँदैन । यसको अर्थ सबैलाई आउने वित्तिकै दिनु पर्छ भन्ने पनि होइन । नक्कली र बनावटी कुरा गर्नेले वडाध्यक्षलाई पनि झुक्याए ।’ यसलाई प्रणालीगत सुधार गरौँ । त्यस क्रममा वडा १० का अध्यक्ष रामकुमार के. सी. ले, ‘नागरिकता शिफारिस गर्नु अघि र पछिका धेरै प्रक्रिया छन् । कोही गलत मानिसले गलत प्रक्रिया अबलम्बन गरेर नागरिकता प्राप्त ग¥यो भने न अघिल्लो प्रक्रियाकालाई दोष न पछिल्लो प्रक्रियाकालाई दोष । दोष त विचमा शिफारिस गर्नेको मात्र देखिने रहेछ ।’ सूचकले दिएको सूचना गलत भयो भने त्यो गलत सूचना दिएवापत कानुनी दायित्व म आफैँ लिन्छु भनेर सूचकलाई सहीछाप गराउन मिल्दैन? छलफलमा वडा ३१ का अध्यक्ष सरोज ढकालले प्रश्न गर्नुभयो । 

कार्यक्रममा वंशनज, जन्मसिद्ध, जन्मको आधारसहित अङ्गीकृत नागरिकका प्रकृतिका विषयमा प्रस्तुति गर्दै नेपाल सरकारका पूर्व सहसचिव प्रदीप कँडेलले, निर्णयकर्तासँग न्यायिक मन हुनु पर्ने बताउनुभयो । त्यस क्रममा काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बलराम ढकालले कागजी प्रमाण र व्यक्तिको स्थायित्वको अवस्थाका बारेमा जनप्रतिनिधिले मात्र भन्न सक्ने उल्लेख गर्नुभयो । 

नागरिकता सम्बन्धी नयाँ कानुन जारी भएपछि वडा समितिहरुमा अस्पष्टता थियो । यसका लागि कानुनी प्रबन्ध र व्यवहारिक अवस्थाका बारेमा समान बुझाइ निर्माण गर्न वडाध्यक्ष र वडा सचिवलाई एकै पटक बोलाइएको कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले बताउनुभयो । 

छलफलमा वडा सचिवहरु रमेश घिमिरे, यम बसेल, सत्यदेव पण्डितसहित अधिकारीले वडामा नागरिकले दबाब दिएर काम गराउन खोज्ने गरेको बताउनुभयो । शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरक जन्म मिति भयो अब के गर्ने? बाबुले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्, आमाको छैन, अब छोराछोरीको के हुन्छ? नेपाली पुरुषले विदेशी महिला विवाह गरेर ल्याए, उनको नागरिकता कस्तो हुन्छ? बाबु आमा छैनन्, बाबुतिरका कोही छैनन् । आमातिरका (मावली) छन् । उनीहरुको नागरिकता कस्तो हुन्छ? सँगै बसेका बाबुआमाले बच्चा जन्माए । आफैँले जन्माएको बच्चा स्वीकार गरेनन् । अब जन्म दर्ता कसरी गराउने? सबैले देखेका छन्, बालबालिकाका बाबुआमा छैनन्, घरकाले बच्चा स्वीकार गरेनन् । अब उनीहरुको घटना दर्ता कसरी गराउने? बसाइँ सरेर काठमाडौँ आए । जग्गा बेचेर भाडाको घरमा बसेका छन्, अब उनीहरुको स्थायित्वको विषयलाई कसरी एकिन गर्ने? छलफलमा वडा सचिवहरुले प्रश्न राख्नुभएको थियो । वडामा आउने समस्याका विषयमा कानुन सहजकर्ताहरुले अनुभव सुनाउनुभएको थियो । नागरिकता च्यातिएर झुत्रो भयो । त्यसको रेकर्ड कर्त पाइँदैन । त्यसको नक्कल लिन कसरी शिफारिस गर्नु? नागरिकता सम्बन्धी वडामा धेरै सवाल छन्, जिल्ला प्रशासन कार्यालयका अधिकारी आएर महसुस गर्नुपर्छ । वडा ६ का अध्यक्ष भुवन लामाको धारणा थियो । 

व्यक्तिको पहिचान, सम्बन्ध र सम्पत्तिसँग जोडिएको घटना दर्ता र नागरिकताको विषय संवेदनशील छ । यो विषयलाई एक पटक होइन, पटक पटक छलफल गरेर निष्कर्षमा पु¥याउनु पर्छ । छलफलले साझा धारणा निर्माणका लागि थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

 

  • प्रकाशित मिति: मंगलबार १९ असर २०८० २१:३०