वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
स्वस्थ्य सहर निर्माणका लागि काठमाडौँ महानगरसँग नीति, कार्यक्रम र बजेटको व्यवस्था छ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँलाई स्वस्थ्य सहरका रुपमा रुपान्तरण गर्न काठमाडौँ महानगरले उपयुक्त नीतिगत प्रबन्ध, यसलाई कार्यान्वयन गर्ने कार्यक्रम र बजेट तर्जुमा गरेको महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । महानगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघले आयोजना गरेको ‘स्वस्थ्य सहरका लागि साझेदारी’ विषयक कार्यशालामा उहाँले यस्तो धारणा राख्नुभएको हो । कार्यक्रमलाई प्राथमिकताभित्रको पनि प्राथमिक बनाउन महानगरको ‘गौरवका योजना’, ‘स्वर्णिम योजना’ मा समावेश गरिएको उहाँको भनाइ थियो ।
‘परियोजनाबाट तथ्य प्राप्त हुनेछन् । ती तथ्य काठमाडौँ महानगरपालिकालाई प्रमाणका आधारमा निर्णय गर्ने प्रक्रियाका लागि काम लाग्ने हुनेछन् ।’ डंगोलले भन्नुभयो, ‘तथ्याङ्क प्राप्त भइसकेपछि उपयोगमा ल्याउनु पर्छ । हामी यसको दायित्व लिन्छौँ ।’
गोष्ठीमा प्रवक्ता नविन मानन्धरले, काठमाडौँलाई पर्यावरणमैत्री सहरका रुपमा विकास गर्ने महानगरको नीति र यससँग सम्बन्धित कार्यक्रमको कार्यान्वयनमा सहभागिताका लागि आव्हान गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, अन्तरहृदयबाट चाहना गरिएको कार्यक्रमको चाँडै नतिजा आउने बताउँदै वायु प्रदुषण नियन्त्रणका कामबाट पनि छिट्टै महसुस गर्न सकिने परिणाम देखिने अपेक्षा गर्नुभयो । महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले, वायु प्रदुषण नियन्त्रण भएपछि यसको लाभ स्वास्थ्य, वातावरण, आर्थिक र सामाजिक क्षेत्रमा समान रुपमा वितरण हुने धारणा राख्नुभयो ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिने परियोजनाको मुख्य उद्देश्य वायु गुणस्तर मापन सञ्जालका विद्यमान अन्तर पत्तला लगाउने, वायु गुणस्तर अनुगमनलाई व्यवस्थित र सबल बनाउने हो । यसका लागि बिभिन्न स्थानहरुमा प्रदुषण मापन यन्त्र जडान हुनेछन् । तथ्याङ्क सङ्कलन र रिपोर्टिङको विद्यमान प्रणालीलाई स्तरोन्नति गरिनेछ । तथ्याङ्कमा आधारित भएर स्थानीय समुदायमा असर र सुधारका विषयमा सूचना प्रवाह गरिनेछ ।
प्रदुषण मापन यन्त्रहरुबाट प्राप्त एकीकृत सूचना, समस्या समाधानका लागि ठोस कार्ययोजना निर्माणको आधार बन्न सक्छ । कार्यशालामा विज्ञहरुबाट सुझाव प्राप्त भएको छ ।
वहुपक्षीय यस क्षेत्रको सुधारका लागि सम्बद्ध संघसंस्था तथा निकायहरुको सहभागिता आवश्यकता रहन्छ । यसलाई संयोजन व्यवस्थापन गर्ने काममा गैरसरकारी क्षेत्रको सक्रिय सहयोग रहनेछ । कार्यक्रममा राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष शशी शर्मा मजगैँयाको भनाइ थियो ।
कार्यशालामा बन तथा वातावरण मन्त्रालय, विश्वविद्यालयका प्राध्यापकहरु, महानगर क्षेत्रभित्र वायु गुणस्तर मापन एवं वायु गुणस्तर सुधारमा कार्यरत गैरसरकारी तथा सामाजिक संघ संस्थाका प्रतिनिधिसहित वातावरण क्षेत्रका विज्ञहरुले भाग लिनुभएको थियो ।
स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन हुन्छ ।
महानगरपालिकाले वायु गुणस्तर अनुगमन प्रणालीको आवश्यकतालाई स्वीकार गर्दै कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघसँग सहकार्य थालनी गरेको छ । वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार वायु गुणस्तर सुधार गर्न आवश्यक कदम चाल्न, स्वस्थ्य सहरहरूका लागि साझेदारी थालिएको हो । यसका उद्देश्य प्राप्त गर्न स्रोत साधनहरूलाई आपसी रूपमा परिचालन गरिनेछ । आयोजनाका गतिविधिहरूको स्वामित्व र निरन्तरता महानगरपालिकाको नेतृत्वमा रहनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App