वि.सं.: २०८२, कात्तिक ८ शनिबार
इ.स.: 2025 October 25,SATURDAY
वि.सं.: २०८२, कात्तिक ८ शनिबार
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७, चावहिलस्थित गोपीकृष्ण नगर आवास आयोजनाको खुला क्षेत्रमा निर्माण गरिएको शिव पाञ्चायन मन्दिर भजन मण्डल तथा हरियाली उद्यानको प्रतिनिधिसभा सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले सार्वजनिक उद्यान सहरको जीवनका लागि अपरिहार्य हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरको आफ्नै पहिचान हुन्छ। सहरमा जनसङ्ख्या, भिडभाड, धनी–गरिब, प्रतिस्पर्धा सबै हुन्छन् । यस्तो अवस्थामा विपत्तिबाट बच्न र नागरिकबीच समानता कायम गर्न खुला क्षेत्र आवश्यक हुन्छ। पार्कमा कोही ठुलो–सानो हुँदैन, सबै बराबर हुन्छन्।”
थापाले खुला क्षेत्र अतिक्रमण रोक्न सरकारदेखि नागरिक सबै जिम्मेवार हुने बताउँदै थप्नुभयो, “सरकारले नै खुला क्षेत्र देख्दा संरचना बनाइदिने अवस्था अन्त्य हुनुपर्छ। वडा नं. ७ ले जस्तै खुला क्षेत्रलाई संरक्षण गर्दै उद्यान निर्माण गर्नु सराहनीय कदम हो। यसलाई सबैले साथ दिनुपर्छ।”
उहाँले धोबीखोला करिडोरलाई व्यवस्थित गर्ने योजना समेत कार्यक्रममा प्रस्तुत गर्नुभयो।
वडा अध्यक्ष बिमलकुमार होडाले वडावासीको मागअनुसार भजन-किर्तन स्थल, हरियाली उद्यान र खुला व्यायामशाला निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा वडाले आफ्नो अधिकारभित्रका काम गर्न कहिल्यै पछि परेको छैन, पर्दैन ।”
खुला क्षेत्र अतिक्रमणबारे अध्यक्ष होडाले स्पष्ट पार्दै भन्नुभयो, “तत्कालीन नगर आवास आयोजनाले पाँच प्रतिशत खुला क्षेत्र छोड्नुपर्नेमा त्यसको जग्गा चलचित्र विकास बोर्ड, विमा समिति र साझा स्वास्थ्यलाई हस्तान्तरण गरिएको थियो। यसले खुला क्षेत्र घटाएको छ। विमा समितिले त आफ्नो प्रयोजनमा प्रयोग नगरी आन्तरिक राजस्व कार्यालयलाई भाडामा दिएको छ । खुला हुनुपर्ने ठाउँमा सरकारी संयन्त्रकै नाममा घर बनाएर भाडामा दिने कार्य गलत हो । साझा स्वास्थ्यलाई हस्तान्तरण गरिएको जग्गा खुला क्षेत्रमै राखिनुपर्छ । चलचित्र विकास बोर्ड र विमा समितिलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी स्थानीयकै हितमा खुला क्षेत्र प्रयोग गर्न दिनुपर्छ।”
वडा सदस्य उज्ज्वल अर्यालले स्वागत मन्तव्य दिँदै संरचना निर्माणभन्दा संरक्षण ठूलो चुनौती हुने बताउनुभयो । उहाँले भन्नुभयो, “भजन मण्डल र उद्यान निर्माण सफलतापूर्वक सम्पन्न भयो, तर यसको संरक्षणमा स्थानीय वडावासीकै भूमिका महत्वपूर्ण हुनेछ।”
कार्यक्रमका अवसरमा २०८१ सालको SEE परीक्षामा ३.४५ GPA सहित शतप्रतिशत नतिजा ल्याई सामुदायिक विद्यालयतर्फ महानगरमा प्रथम स्थान हासिल गर्ने श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । प्रधानाध्यापक नारायणप्रसाद नेपाललाई नेपालको झण्डासहित कदरपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी सामुदायिक हित सेवा समिति चावहिल, निर्माण व्यवसायी तथा काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागलाई पनि सम्मान गरिएको थियो।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App