वि.सं.: २०८२, कात्तिक २२ शनिबार
इ.स.: 2025 November 8,SATURDAY
वि.सं.: २०८२, कात्तिक २२ शनिबार
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी वृत्त दरवारमार्गलाई सहयोग जुटाउने कार्य सुरु भएको छ । यसक्रममा काठमाडौँ महानगरपालिका वडा नं. २ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले व्यक्तिगत रूपमा पचास हजार रूपैयाँ प्रदान गर्नुभएको छ ।
साथै, सामुदायिक प्रहरी सेवा केन्द्र नील सरस्वतीस्थान लाजिम्पाट, खुर्सानीटार टोल सुधार समाजलगायत स्थानीयवासीले समेत प्रहरी वृत्तलाई सहयोग गर्दै आएका छन् । अध्यक्ष श्रेष्ठले शान्ति सुरक्षा कायम राख्न प्रहरीको आत्मबल बढाउन यतिखेर सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
सामुदायिक प्रहरी सेवा केन्द्रका महासचिव प्रेमबहादुर श्रेष्ठका अनुसार हालसम्म वडा नं. २ का जनप्रतिनिधि र स्थानीयवासीको पहलमा एक लाख चालीस हजार रूपैयाँ सङ्कलन भइसकेको छ । सङ्कलित रकमबाट ल्यापटप, प्रिन्टर, १४ वटा मल्टिप्लग, रजिस्टरलगायत स्टेसनरी सामग्रीहरू प्रहरी वृत्तलाई हस्तान्तरण गरिएको छ । ‘‘अन्य वडाका दिदीबहिनी समूहहरूबाट पनि सहयोग आउँदैछ, प्राप्त रकमअनुसार आवश्यक सामग्री उपलब्ध गराइनेछ,’’ उहाँले बताउनुभयो ।
त्यस्तै, खुर्सानीटार टोल सुधार समाजले प्रहरी वृत्तलाई श्रमदानमार्फत सहयोग गरिरहेको छ । समाजले प्रहरीको मागअनुसार वाइरिङ गरेर बत्ती बालिदिएको र केही फर्निचर प्रदान गरिरहेको समाजका अध्यक्ष विनोद मास्केले जानकारी दिनुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App