वि.सं.: २०८२, मंसिर २२ सोमबार
इ.स.: 2025 December 8,MONDAY
वि.सं.: २०८२, मंसिर २२ सोमबार
इन्द्रजात्रा मर्यादित र संगठित रुपमा चलाउनु पर्ने : राजेन्द्र मानन्धर, वडाध्यक्ष
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा महत्वपूर्ण चाड ईन्द्रजात्रालाई सभ्य र भब्य बनाउने उद्देश्यले इन्द्रजात्रामा आबद्ध खलः पुचःले तयारी गरिरहेका छन् । यसै सन्दर्भमा लाखे जात्रा व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्नका लागि ‘लाखे आजु व्यवस्थापन समिति’ले लाखे आजुको द्यःछेँ रहेको काठमाडौंको मजिपातमा आयोजित कार्यक्रममा सांसद ध्यान गोविन्द रञ्जितले नेपालमण्डलम समस्या आउँदा कुमारी पूजा गर्ने, तलेजु देवीसंग सल्लाह गर्ने चलन रहेको र लाखेलाई सुरक्षा गर्नेको रुपमा लिइएको बताउनु भयो ।
सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले इन्द्रजात्रा मर्यादित र संगठित रुपमा चलाउनु पर्नेमा जोड दिदैं यस जात्रा सफल पार्नका लागि संयमित भएर काम गर्नुपर्ने बताउनुभयो ।
लाखे आजु गुथिका अध्यक्ष दीपक रञ्जितले इन्द्रजात्राको समयमा मादक पदार्थ सेवनलाई रोक्नु पर्ने बताउनु हुँदै लाखे जात्रा आकर्षणको केन्द्रविन्दु मात्र नभइ अगाडि गएर बाटो देखाउने र धर्म संस्कृति संरक्षण गर्नेको रुपमा लिइएको उहाँको भनाइ छ ।
कार्यक्रममा पूर्व डिआजी शारदाभक्त रञ्जितले लाखेको प्रचार प्रसार ब्यापकरुपमा भइरहेको र गुंला लाखे मात्र होइन विभित्र कार्यक्रममा लाखे नाच देखाउने चर्चा गनुहुदैं देश बाहिर पनि लाखे नाच देखाउने गरेकोले यस अर्थमा सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो । यसै सन्दर्भमा राष्ट्रले नै मान्यता दिइ आएको मुख्य लाखेलाई चिनाउने र प्रचार प्रसार गर्ने जिम्मा हाम्रो काँधमा आएको बताउनु हुदैं पूर्व डिआइजी रञ्जितले लाखेलाई ब्यवसायिक रुपमा लगियो भने मौलिकता रहिरहनेमा शंका गर्नुभयो ।
जनसेवा प्रहरी विभागका प्रहरी निरिक्षक किरण मल्लले विगतको समयमा भएका समस्या तथा ट्राफिक व्यवस्थापनमा भएको समस्या उल्लेख गर्नुहुदैं सामाजिक सञ्जाल मार्फत विश्वले यस जात्रा अवलोकन गरिरहेको अवस्थामा मध्यपान गर्ने र उच्छृंखल कृयाकलापले नकारात्मक सन्देश जाने कुरामा सचेत गराउनु भयो । उहाँले मध्यपान सेवन गर्ने तथा उच्छृंखल क्रियाकलाप गर्न नदिने प्रतिबद्धता जनाउदैं यसमा स्थानीयबासीको भूमिका अझ महत्वपूर्ण हुने बताउनु भयो ।
त्यस्तै इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले इन्द्रजात्रासंग सम्बन्धित ३१ वटा गुथि तथा गुथि संस्थान, काठमाडौं महानगरपालिका, पर्यटन मन्त्रालयसंग समन्वय भइरहेको जानकारी गराउदैं महानगरले रथयात्रा गर्ने बाटो बनाउने काम गरिदिएकोमा आभार ब्यक्त गर्नुभयो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App