Logo

सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारी मूल्याङ्कनका लागि अभिमुखीकरण 

सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारी मूल्याङ्कनका लागि अभिमुखीकरण 

काठमाडौँ । सार्वजनिक खरिद कार्यमा प्राप्त हुने प्रस्तावको मूल्याङ्कनलाई एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले मूल्याङ्कन समितिका अधिकारीहरुलाई अभिमुखीकरण प्रदान गरेको छ । मूल्याङ्कन समितिहरुको कार्य सम्पादन प्रक्रियालाई समान रुपमा अगाडि बढाउन सकियोस् भन्ने उद्देश्य राखेर बुझाइ एकरुपताका लागि अभिमुखीकरण कार्यक्रम गरिएको खरिद एकाईका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिनुभयो । एउटै विषयलाई पनि मूल्याङ्कन समितिहरुबाट फरक फरक व्याख्या भएको पाइयो । यसमा सुधार ल्याउन जुनसुकै विषयमा पनि सबै समितिको एउटै मत निर्माण हुने वातावरण चाहिएको छ । यो अवस्था बन्न सकोस्, अभिमुखीकरणले अपेक्षा गरेको नतिजा हो । अधिकारीले स्पष्ट पार्नुभयो ।

स्वीकृति नीति तथा कार्यक्रम कार्यान्वयनमा खरिद एकाईबाट मात्र मूल्याङ्कन हुँदा समय धेरै लाग्ने भएपछि आ. व. २०७९/०८० बाट महानगरमा ९ वटा मूल्याङ्कन समिति बनाइएका छन् । यीमध्ये केन्द्र स्तरमा ५ वटा र वडाहरुको मूल्याङ्कनका लागि ४ वटा क्षेत्रीय मूल्याङ्कन समिति छन् । 

केन्द्रमा रहेका ५ वटा समितिमध्ये एउटाले मालसामान र अन्य र ४ वटाले निर्माण सम्बन्धी प्रस्तावको मूल्याङ्कन गर्छन् । समितिमा संयोजक र सदस्य सचिवसहित लेखा, कानुन वा प्रशासन र प्राविधिक गरी ५ सदस्य छन् । 

अभिमुखीकरणमा कम्पनी रजिष्ट्रेसन प्रमाण पत्र, व्यापार दर्ता प्रमाण पत्र, व्यक्तिगत लेखा नम्बर र मूल्य अभिवृद्धि कर, कर चुुक्ता प्रमाण पत्र, कर चुक्ताको समयावधि बढाइएको प्रमाण पत्रजस्ता कागज पत्रसँग सम्बन्धित विधिका विषयमा प्रस्तुति र छलफल गरिएको थियो । यस्तै अख्तियारी प्राप्त व्यक्ति, नमूना हस्ताक्षर, एकल र संयुक्त फर्म, ज्वाइन्ट भेन्चर एग्रीमेन्ट (संयुक्त उद्यम सम्झौता), ठेक्काको नाम र नम्बर, जमानत, सामानको उत्पादन यसको आधिकारिकताजस्ता विषय खरिद प्रक्रियासँग कसरी अन्तरसम्बन्धित हुन्छन्? यसलाई तटस्थता प्रदान गर्न कानुनले तोकेका विधि र समितिले पालना गर्नु पर्ने आचरण छलफलका विषयका रुपमा राखिएका थिए । 

जिम्मेवारी निर्वाह गर्ने क्रममा देखिएका द्विविधा सामुहिक छलफलबाट समान वुझाइमा रुपान्तरण गर्न सहयोग भएको अन्तरक्रियामा अधिकारीहरुले धारणा राख्नुभयो । 

 

  • प्रकाशित मिति: शुक्रबार​ २९ असर २०८० ०९:५१