वि.सं.: २०८२, पुस ३ बिहीबार
इ.स.: 2025 December 18,THRUSDAY
वि.सं.: २०८२, पुस ३ बिहीबार
वडामा पठाइएको बजेट कार्यान्वयनका लागि क्षमता विकास तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडाहरुलाई यस बर्ष आफैँ बजेट रकम बढाइएको छ । विगत बर्षहरुमा र्पूर्वाधार क्षेत्रमा मात्र काम गरिरहेका वडाहरुलाई यस बर्षदेखि सामाजिक, आर्थिक र सुशासनका क्षेत्रमा काम गर्ने अधिकार दिएर रकम बढाइएको हो ।
महानगरले बढाएर पठाएको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीका विचमा विधि र प्रक्रियाका विषयमा समान बुझाइ हुनु पर्ने भएकोले वडा २९ ले क्षमता विकासका लागि तालिम आयोजना गरेको छ ।
तालिममा बोल्दै वडाध्यक्ष कुश ढकालले, पूर्वाधार विकाससँगै रोजगारमुखी सिप सिकाउने, सिप सिकेकालाई उद्यमशील हुन प्रोत्साहन गर्ने र यस्ता उद्यमीले उत्पादन गरेका सामान तथा बस्तु महानगरपालिकाले खरिद गर्ने योजनामार्फत स्थानीय आय वृद्धिका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
तालिममा नेपाल सरकारका उपसचिव सुवासचन्द्र शिवाकोटीले उपभोक्तामार्फत गरिने योजनाका विषयमा, महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले, पूर्वाधार विकासका कार्यक्रमको कार्यान्वयन प्रक्रिया, सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेलले सामाजिक क्षेत्रका कार्यक्रम सञ्चालन र वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धरले, समग्र बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिसँग सम्बन्धित विषयमा प्रचलित कानुनका व्यवस्था, स्थानीय अवस्था, कार्यक्रमको नतिजा मापन र कार्यान्वयन प्रक्रियाका विषयमा छलफल गरिएको थियो ।
वडा सचिव रमेश घिमिरेकाअनुसार, नगर सभाबाट स्वीकृत भएको बजेट र कार्यक्रमलाई सुत्र (सब नेशनल टे«जरी रेगुलाटोरी एप्लिकेसन) मा प्रविष्टि गराइ सकिएको छ । केन्द्रबाट बजेट निकासा हुनु अघि नै यसको परिचालन सम्बन्धी दक्षता आवश्यक भएकोले तालिम सञ्चालन गरिएको हो ।
महानगरपालिकाले वडाहरुलाई ठूला, मझौला र साना गरी ३ भागमा बर्गीकरण गरेको छ । वडा नं. १, ३, ४, ६, ७, ९, १०, ११, १३, १४, १५, १६, २६, ३१ र ३२ गरी १५ वटा वडा ठूला वडामा पर्छन् । यसैगरी वडा नं. २, ५, ८, १७, २२, २४, २५, २८, २९ र ३० गरी १० वटा वडा मझौला वडामा राखिएका छन् । बाँकी ७ वटा वडा नं. १२, १८, १९, २०, २१, २३ र २७ साना वडामा पर्छन् ।
महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार, यही बर्गीकरणका आधारमा ठूला वडालाई भौतिक पूर्वाधार विकासका लागि १० करोड, ७ करोड ५० लाख र ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासका कार्यक्रमका लागि ८ लाख, ६ लाख र ४ लाख ५० हजार रुपैयाँ, खेलकुदका कार्यक्रमका लागि ८ लाख, ६ लाख र ४ लाख रुपैयाँ छुट््याइएको छ ।
प्रवक्ता मानन्धरका अनुसार सचेतना तथा नागरिक सुनुवाई, सरसफाइ तथा सफाइ सामग्री खरिद, जात्रा पर्व सञ्चालन, आधारभूत स्वास्थ्य तथा शिक्षा सचेतना कार्यक्रम, सिथी नखः तथा विशेष सरसफाइका बजेट विनियोजन गरिएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App