वि.सं.: २०८२, कात्तिक १९ बुधबार
इ.स.: 2025 November 5,WEDNESDAY
वि.सं.: २०८२, कात्तिक १९ बुधबार
पानी जमेका ठाउँमा बायो लार्भिसाइड छर्किने : डेंगी नियन्त्रणका लागि महानगरको थप कार्यक्रम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगी रोग नियन्त्रण गर्न लार्भा नष्ट गर्ने अभियानलाई तीब्र बनाउने भएको छ । यसका लागि ६४ जना नगर प्रहरीलाई खटाइएको छ । उनीहरु वायो लार्भिसाइडसहित हरेक वडामा जानेछन् । पानी जमेको ठाउँ खोज्नेछन् । त्यहाँ लार्भिसाइड छर्किनेछन् । यसका लागि आज राष्ट्रिय सभा गृहबाट कार्यक्रम आरम्भ गर्दै फिल्डमा जाने नगर प्रहरीहरुलाई प्राविधिक र व्यवहारिक सिप सिकाइएको छ ।
शुरुवात र प्रशिक्षण कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सबै मिलेर मात्र डेंगी नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । ‘हामी सार्वजनिक ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्छौँ । तपाई (आम सर्वसाधारणले) घरमा पानी जम्न नदिएर हामीलाई सहयोग गर्नोस् । यसले तपाईँलाई डेँगीबाट बचाउनेछ ।’ हरेक व्यक्ति महामारीको सम्भावित जोखिमका विषयमा सजग हुने हो भने ठूलो खतरा सजिलै टार्न सकिन्छ । उहाँको भनाइ थियो ।
डेंगी नियन्त्रणका लागि चलाइएका नियमित कार्यक्रमहरु यथावत छन् । हामीले यो थप कार्यक्रम गरेका हौँ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले भन्नुभयो, आम नागरिकसँग, सँगै काम गर्न यो अभियान थालिएको हो । रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । पानी जमेको ठाउँमै लामखुट्टेको प्रजनन प्रक्रिया नष्ट गरेर हामीले महामारीलाई नियन्त्रण गर्न थालेका हौँ ।
अहिले बर्खे पानी रोकिएको छैन । आकाशे पानी सडक र सडक किनाराका खाल्टाखुल्टी, सार्वजनिक स्थलमा जम्मा भइरहेको छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकता दिइनेछ ।
लार्भा नष्ट गर्न प्रयोग गरिने औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
तालिममा महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषिप्रसाद भुषालले, छर्कने उपकरणको प्रयोग, यसमा राखिने पानी र औषधिको मात्रा लगायत विषयमा प्रयोगात्मक जानकारी दिनुभएको थियो । १० लिटर पानीमा २५० मिलिलिटर औषधि यसको मात्रा हो ।
बर्खायाम सुरु भएसँगै डेंगी रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय र जनसहभागितामूलक कार्यक्रमहरु गरिरहेको छ । हरेक हप्ताको बुधबार विहान ८ बजेदेखि ९ बजेसम्म वडामा लार्भा खोज र नष्ट गर्ने अभियान चल्ने गरेको छ । त्यस्ता ठाउँमा सरसफाइ गर्ने र औषधि छर्कने गरिन्छ । सरकारी तथा संस्थागत बिद्यालयमा अध्ययनरत बिद्यार्थी बिचमा डेंगी रोग सम्बन्धी चित्रकला प्रदर्शनी गरी अभिभावकसम्म संक्रमणका बारेमा चेतना पु¥याउने प्रयास गरिएको छ ।
यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App