वि.सं.: २०८२, मंसिर २१ आइतबार
इ.स.: 2025 December 7,SUNDAY
वि.सं.: २०८२, मंसिर २१ आइतबार
छात्रवृत्ति कोटाका विद्यार्थीसँग शुल्क मागेको गुनासो आएपछि छानबिन तथा अनुगमन सुरु
काठमाडौँ । चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ । शिक्षा विभागबाट शिक्षा अधिकृत नेत्रनारायण पौडेल, प्रमुखको सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन र अनुगमनको काम थालेको छ । विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी महानगरपालिकामा आएका छन् ।
सोमबार, मंगलबार र बुधबार ३ दिनमा टोलीले गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कूल (डियरवक), काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन भयो । यीमध्ये एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रुपमा शुल्क माग गरेको देखियो । प्रमुखको सचिवालय सदस्य पोखरेलले भन्नुभयो, ‘सिफल स्कूलले मासिक ९ हजार ५ सय रुपैयाँसम्म माग गरेको देखियो ।’ पोखरेलका अनुसार, पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा शुल्क मागेको देखिन्छ ।
अनुगमनपछि विद्यालयहरुले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीहरुसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताएका छन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा को कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १०% मा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ब्यवस्था छ । यही ब्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका बिच परीक्षा लिएर म्याचिङ् लिष्टबाट नाम शिफारिस गरेको हो । यसरी शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११÷१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।
काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो । यसबाट ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए । साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी सहभागी थिए । परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि २ दिन समय दिइएको थियो । त्यसपछि साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो । त्यसपछि कोटाका आधारमा म्याचिङ् लिष्ट सार्वजनिक गरिएको थियो ।
छात्रवृत्ति कोटामा शिफारिस भएका विद्यार्थीहरुसँग शुल्क उठाउने विद्यालयहरुलाई कारवाही गर्ने महानगरपालिकाको तयारी छ ।
छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नु परे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरुसँग (नेत्रनारायण पौडेल, फोन नं. ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं. ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं. ९८५११४६८९६) लाई फोन गर्न सकिने अधिकारीहरुको भनाइ छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App