वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
दरबारमार्गको दरबार लाउन्ज एण्ड बारमा निःशुल्क शौचालय
काठमाडौँ । दरबारमार्गमा रहेको दरबार लाउन्ज एण्ड बारमा अव निःशुल्क शौचालय प्रयोग गर्न पाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइले आज निःशुल्क शौचालय सम्बन्धी सूचना बोर्ड, शौचालय सफाइ गर्ने, दुर्गन्ध हटाउने सामग्री उपलब्ध गराएको छ ।
यससँगै महाराजगञ्जमा रहेको प्रेसिडेन्ट सेकुवा, गोङ्गबु मित्रनगरको भलिवल क्लब, माछापोखरी प्रेसिडेन्ट सेकुवामा भएका शौचालयलाई निःशुल्क गरिएको छ । यी स्थानका लागि पनि सफाइका सामग्री उपलब्ध गराइएको छ । सामानका लागि प्रस्ताव अन्य ठाउँबाट पनि आएका थिए । गएर हेर्दा, जनसाधारणको पहुँच पुग्ने नदेखिएपछि सामान दिएनौँ । सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख डा. शिवराज अधिकारीले भन्नुभयो, ‘शौचालयको उपलब्धतालाई अनिवार्य सेवाका रुपमा लिएका छौँ । जनसाधारणको पहुँच हुने हरेक ५ सय मिटर दुरीमा भेटिने व्यक्तिगत तथा कार्यालय भवनमा भएका शौचालय सार्वजनिक रुपमा उपयोग गर्न दिने सर्तमा हामी सहयोग उपलब्ध गराउँछौँ ।’
सामग्री वितरण गर्दै सहरी योजना आयोगका विज्ञ बिनोद न्यौपानेले भन्नुभयो, ‘सहरमा भएका हरेक व्यक्तिले चाहेका बेला शौचालय निःशुल्क प्रयोग गर्न पाउन । यी शौचालयहरु सफा हुन् भन्ने महानगरपालिकाको चाहना हो । यसरी सञ्चालन गर्दा सफाइमा खर्च गर्नु पर्ने भएकोले महानगरपालिकाले जिन्सी सहयोग उपलब्ध गराएको हो ।’
होटल तथा रेष्टुरेन्टमा भएका शौचालय सार्वजनिक उपयोगमा ल्याउन होट व्यवसायी महासंघले सहयोग गरेको छ । महासंघका महासचिव तुलसी भण्डारी भन्नुहुन्छ, ‘हामीे सामाजिक उत्तरदायित्व निर्वाह गरेका हौँ ।’
एकाईले शौचालयको स्वच्छता सम्बन्धी आचरण विकास गर्न बर्षको ३ पटक निःशुल्क सफाइका सामान उपलब्ध गराउनेछ । टिनको बासकमा हालेर सेतो फिनेल, कालो फिनेल, दाना फिनेल, हार्पिक, युरिन प्याड, कुचो, खरेटो, वाइफर, मफ, बाल्टिन, साबुन, डोर म्याट सहितका सामान दिइएका छन् । यस्तै डिटोल, रुमाल, रुम स्प्रे, डस्ट विन, ट्वाइलेट पेपर, कोलिन, जाम खोल्ने पम्प, झोल साबुन, ट्वाइलेट ब्रससहितका सामान उपलब्ध दिइएका छन् ।
भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तिय संस्था र कार्यालय बिच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाईको योजना छ ।
व्यक्ति तथा संघ सस्था गरेर यस अघि १२० जनासँग सम्झौता गरेर व्यक्तिगत तथा संस्थाहरुका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न थालिएको थियो । यसको सञ्चालन अवस्था एकाइले अध्ययन गरिरहेको जनाएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App