वि.सं.: २०८२, पुस ५ शनिबार
इ.स.: 2025 December 20,SATURDAY
वि.सं.: २०८२, पुस ५ शनिबार
अनधिकृत व्यक्तिले औषधि बेच्न नपाइने, प्रेस्किप्सनबिना औषधि दिन नपाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरै औषधी पसलहरु मापदण्ड विपरीत रहेको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ । स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘अनधिकृत व्यक्तिबाट औषधी बिक्री बितरण भइरहेको, औषधी ब्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री बितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको, प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण हुने गरेको अनुगमनबाट देखिएको छ ।
’जनस्वास्थ्यमा लापर्वाही हुने क्रियाकलापले आफूलाई संवेदनशील बनाएको बताउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सर्वसाधारणलाई अपिल गर्दै भन्नुहुन्छ, ‘यस्ता लापर्वाही देखिए, भेटिए वा आफूलाई परे महानगरपालिकाको जनस्वास्थ्य विभागमा उजुरी गर्नुहोला । टोल फ्री नं. १६६००१०५५११ मा सम्पर्क गर्नुहोला । तोकिएको समयभित्र सुधारको संकेत देखिएन भने गलत गर्नेहरुलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै औषधी पसल बन्द गर्ने सम्मको कारवाही गर्छौँ ।’
विभागले औषधी पसलहरुको अनुगमन गर्दा संवेदनशील प्रकारका त्रुटी देखिएका छन् । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, ‘अभिलेख नराख्ने, महानगरपालिकाको स्वास्थ्य विभागबाट इजाजत नलिने, गुड फार्मेसी प्राक्टिस (जीपीपी) अनुसार औषधी पसल व्यवस्थापन नगर्ने आम समस्या हुन् ।’
तोकिएको समयपछि काठमाडाँै महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन गर्ने विभागको योजना छ । पौडेलकाअनुसार प्रचलित व्यवस्थाअनुसार अवस्थामा सुधार नगर्नेहरुलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारवाही हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App